गाजा युद्धमा इजराइल जितबाट एक कदम टाढा छः नेतान्याहु
काठमाडौं । इजराइली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले आइतबार इजराइल गाजा युद्धमा ‘जितबाट एक कदम टाढा’ रहेको बताएका छन् । उनले हमासले सबै बन्धकलाई मुक्त नगरेसम्म कुनै युद्धविराम नहुने वाचा गरे।
हमास लडाकूहरूले इजराइलमा अभूतपूर्व आक्रमण गरेपछि अक्टोबर ७ मा सुरु भएको युद्ध छ महिना पूरा भएको अवसरमा मन्त्रिपरिषद्को बैठकमा उनले जितबाट एक कदम टाढा रहेको बताए ।
यसैबीच नेतान्याहुले ‘आफ्ना प्रतिनिधिहरूमार्फत’ इजराइलविरुद्ध धेरै हमलामा इरानको अप्रत्यक्ष हात रहेको आरोप लगाए ।
इरानले सोमबार दमास्कसमा आफ्नो दूतावासको कन्सुलर खण्डमा हवाई हमलामा आफ्ना सात रिभोल्युसनरी गार्डको हत्याका लागि जवाफी कारबाही गर्ने वाचा गरेपछि गाजामा युद्ध फैलने आशङ्का तीव्र भएको छ ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ,खुलाइएन कारण
- २बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- ३कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ४प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ५शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा



तपाईको कमेन्ट लेख्नुहोस्