९ लाख ५० हजार भारतीय रुपैया सहित दुई नेपाली नागरिक पक्राउ
बारा । जिल्लाको मटीअर्वा नाकाबाट सशस्त्र प्रहरीले ९ लाख ५० हजार भारतीय रुपैया सहित दुई नेपाली पक्राउ गरेको छ ।
बिशेष सुचनाको अधारमा सशस्त्र प्रहरी नायब उपरीक्षक भवराज कटवालको कमाण्डमा खटिएको टोलीले ९ लाख ५० हजार भारतीय रुपैया सुहित दुई नेपाली नागरिकलाई पक्राउ गरेको हो ।
बोर्डर आउट पोष्ट मटीअर्वाबाट खटिएको सशस्त्र प्रहरीको टोलीले कलैया उपमहानगरपालिका वडा नम्बर १० मटीअर्वाबाट भारतीय रुपैया सहित दुई जनालाई नियन्त्रणमा लिएको हो ।
मधेस प्रदेश ०३—०२५ प ३९३६ नम्बरको २२० सिसिको मोटरसाइकललाई शंका लागि चेकजाच गर्दा भारतीय रुपैया सहित नियन्त्रणमा लिइएको पं्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा बारा श्रीनगर बैरिया वडा नम्बर ८ हाल पचरौता नगरपालिका वडा नम्बर ३ बस्ने ३२ बर्षिय श्यामबाबु सहनी र सोही ठाउ बस्ने २२ बर्षिय भुलन पटेल रहेको प्रहरीले जनाएको छ ।
बरामद भएको ९ लाख ५० हजार भारतीय रुपैया सहित दुवै जनालाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, समाचार
ताजा खबर
- १पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ,खुलाइएन कारण
- २बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- ३कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ४प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ५शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा



तपाईको कमेन्ट लेख्नुहोस्