होली खेलेर नुहाउन गएका तीन बालबालिका सुनकोसीमा डुबेर बेपत्ता
मोरङ । होली खेलेर नुहाउन गएका तीन बालबालिका सुनकोशीमा डुबेर बेपत्ता भएका छन् ।
उनीहरू रङ खेलेर नुहाउन सुनकोसी गएका थिए । बेपत्ता हुनेहरूमा उदयपुर त्रियुगा नगरपालिका वडा नं १४ साउनेका मोहनबहादुर मगरका १२ वर्षीय छोरा लोकबहादुर मगर, केदार मगरका नौ वर्षीय छोरा रिदम मगर र रुद्र पुलामी मगरका १२ वर्षीय छोरी रेखा मगर रहेका छन् ।
उनीहरूसँगै कोसीमा डुबेका रुद्र पुलामी मगरका छोरा लोकचन्द्र मगर र हरिबहादुर मगरका छोरी प्रश्ना मगरलाई भने स्थानीयले उद्धार गरेका छन् ।
स्थानीय प्रहरी टोलीले सुनकोसीमा डुबेर बेपत्ता बालबालिकाको खोजी गरिरहेको जनाएको छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, समाचार
ताजा खबर
- १रविको मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिटमा आज पनि सुनुवाइ हुँदै
- २सरकारले ४८ सालयताका सार्वजनिक पदधारी नेता र कर्मचारीको सम्पत्ति छानबिन गर्ने
- ३ओली र लेखकलाई आज अदालतमा पेश गरिँदै
- ४सहकारीका साना बचतकर्ताको बचत फिर्ता सय दिनभित्रै थाल्ने सरकारको घोषणा
- ५कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ


तपाईको कमेन्ट लेख्नुहोस्