कपिलवस्तुको शिवराजमा बस दुर्घटना १० जनाको मृत्यु, ३० घाइते
काठमाडौं । कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुलनजिकै बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ। कम्तीमा ३० जना घाइते भएका छन् ।
मृतकहरूको सनाखत भइनसकेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक नवरत्न पौडेलले जानकारी दिएका हुन ।कञ्चनपुरको महेन्द्रनगरबाट काठमाडौं आउँदै गरेको सुनौलो महाकाली यातायातको सु– प – प्र–०२–००१ ख ००९८ नम्बरको बस बाटोबाट २०० मिटर तल खसेको हो।
घाइतेमध्ये ९ जनालाई उपचारका लागि बुटवल रिफर लगिएको छ। अन्य घाइतेको उपचार सञ्जीवनी र आधारभूत अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, समाचार
ट्याग : #३० जना घाइते, #पुलनजिकै बस
ताजा खबर
- १डा. गाेविन्द केसी र सरकारबिच सहमति, अनसन ताेडियाे
- २नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग उद्घाटन, सुरुमा अत्यावश्यक सवारीलाई प्रवेश
- ३कर्फ्यु उल्लंघन भएपछि सुनसरीको कप्तानगञ्जमा सेना परिचालन
- ४सुनसरी घटना छानबिनका लागि ५ सदस्यीय समिति गठन
- ५एमबीएसको प्रश्नपत्र सार्वजनिक गर्नेमाथि कारबाही हुन्छः शिक्षामन्त्री



तपाईको कमेन्ट लेख्नुहोस्