कपिलवस्तुको शिवराजमा बस दुर्घटना १० जनाको मृत्यु, ३० घाइते
काठमाडौं । कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुलनजिकै बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ। कम्तीमा ३० जना घाइते भएका छन् ।
मृतकहरूको सनाखत भइनसकेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक नवरत्न पौडेलले जानकारी दिएका हुन ।कञ्चनपुरको महेन्द्रनगरबाट काठमाडौं आउँदै गरेको सुनौलो महाकाली यातायातको सु– प – प्र–०२–००१ ख ००९८ नम्बरको बस बाटोबाट २०० मिटर तल खसेको हो।
घाइतेमध्ये ९ जनालाई उपचारका लागि बुटवल रिफर लगिएको छ। अन्य घाइतेको उपचार सञ्जीवनी र आधारभूत अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, समाचार
ट्याग : #३० जना घाइते, #पुलनजिकै बस
ताजा खबर
- १राष्ट्रियसभा निर्वाचनमा एमाले र नेकपासँग तालमेल गर्ने कांग्रेसको निर्णय
- २टी–२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा, शेर पहिलोपटक राष्ट्रिय टोलीमा
- ३जनकपुरमा निधिका समर्थकले जलाए महामन्त्री थापाको पुत्ला
- ४रास्वपा उपसभापतिमा सहमति गरेका कुलमानको दाबीः म कुनै पार्टी सदस्य छैन
- ५विमलेन्द्र निधिमाथि दुर्व्यवहार भएको भन्दै रास्वपा प्रवक्ता मनिष झाले गरे निन्दा



तपाईको कमेन्ट लेख्नुहोस्