इमरान खान दम्पतीलाई १४ वर्ष जेल सजाय
काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र उनकी पत्नी बसुरा बिबीलाई अख्तियार दुरुपयोग सम्बन्धी मुद्दा हेर्ने अदालतले १४ वर्षको सजाय तोकेको छ ।
उनीहरुमाथि राज्यको सम्पत्ति गैरकानुनी ढंगले बिक्री गरेको अभियोग थियो । एक दिनअघि मात्रै खानलाई राज्यको गोप्य सूचना चुहावट गराएको अभियोगमा १० वर्षको जेल सजाय निर्धारण गरिएको थियो । बुधबारको फैसलाले खान दम्पत्तिलाई आगामी १० वर्षसम्म कुनैपनि सार्वजनिक पदमा बस्न अयोग्य रहेको समेत फैसला सुनाएको छ ।
खान दम्पत्तिलाई अदालतले प्रति व्यक्ति ७८७ मिलियन पाकिस्तानी रुपैयाँ जरिवाना समेत तोकेको छ । यसबारे खानका समर्थकहरुले भनेका छन्–न्यायिक इतिहासमा अर्को दुर्भाग्यपूर्ण फैसला भएको छ । हाम्रो न्यायिक प्रणाली फेरि एकपटक ध्वस्त बनाइएको छ । यो हास्यास्पद फैसलालाई माथिल्लो अदालतमा चुनौती दिने तयारीमा हामी छौँ ।’
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १नवनियुक्त खेलकुद पदाधिकारी तथा राष्ट्रिय पदक विजेता खेलाडी सम्मानित
- २रुकुमेली सेवा समाज स्थापनाको औपचारिक प्रक्रिया अघि बढ्यो
- ३बालेनलाई रबिले भने– बादलको टुक्रामा जहाज हल्लिन सक्छ, डर मान्नु पर्दैन
- ४नरबहादुरको उपचारका लागि ५ लाख ५१ हजार ५७० रुपैयाँ हस्तान्तरण
- ५पार्टी मिल्छ भने महामन्त्री छाड्न तयार छु : प्रदीप पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्