काठमाडौंमै भेटियो नक्कली मदिरा बनाउने कारखाना
काठमाडौं । प्रहरीले नक्कली मदिरा बनाउने कारखाना चलाएको आरोपमा ९ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरु यसअघि पनि सोही काममा संलग्न रहेर खोजी सूचीमा रहेकादेखि धरौटीमा छुटेका समेत छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लिमा ३ अपरेसन अन्तरगत उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुको साथबाट ठूलो संख्यामा नक्कली मदिरा समेत बरामद गरिएको अपराध अनुसन्धान कार्यालय का डिएसपी अनिल घिमिरेले पत्रकार सम्मेलन गरी जानकारी दिएका छन् । घिमिरेकै नेतृत्वको टोलीले गरेको अपरेसनका क्रममा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ५ थलिमा भाडामा घर लिएर नक्कली मदिरा उत्पादन गरी बजारमा पठाउने धन्दा चलिरहेको भेटिएको हो ।
यस्तो कार्यमा संलग्न रामेछाप, खाँडादेखि गाउँपालिका २ घर भएका २८ वर्षीय मनोज खत्री, सोही स्थानका ३६ वर्षीय विनोदकुमार कार्की, सिन्धुपाल्चोक, चौताराका २७ वर्षीय मोहन खड्का, सिन्धुली, कमलामाई नगरपालिका ९ का २८ वर्षीय गौरव तामाङ छन्।
यसैगरी काठमाडौं, कागेश्वरी मनोहरा ९ का ३५ वर्षीय सुमन नगरकोटी, सिन्धुली, कमलामाई नगरपालिका ७ का ४० वर्षीय लेखविक्रम थापा, रामेछाप मजुवा गाउँपालिका ३ का २३ वर्षीय महेश खत्री, सिन्धुपाल्चोक, चौताराका १८ वर्षीय रोशन कार्की र रामेछाप, खाँडादेवी २ का २० वर्षीय मनिष खत्री पनि पक्राउ परेको प्रहरीले जनाएको छ।
मनोज खत्री तेस्रो पटक यो अपराधमा संलग्न रहेको पाइएको डिएसपी घिमिरेले बताए । पहिलो पल्ट पक्राउ परेका उनी ५० हजार धरौटीमा छुटेको र दोस्रो पटक भने भागेको प्रहरीले जनाएको छ । विनोद कार्की यसअघि तीन पटकसम्म प्रहरीलाई छलेर भागेका थिए ।
गौरव तामाङ पनि दोस्रो पटक यस्तो अपराधमा संलग्न रहेको अभियोगमा पक्राउ परेका हुन् । प्रहरीले उक्त घरबाट ठूलो संख्यामा नक्कली मदिरा, अन्तशुल्कको स्टिकर र नक्कली मदिरा बनाउन प्रयोग हुने सामग्री समेत बरामद गरेको छ ।
उक्त स्थानबाट प्रहरीले नक्कली खुकुरी रम २८८ बोतल, फाइटर प्रिमयम डिलक्स ९०० बोतल, ३६५ डेज ब्ल्याक ट्रिपल एक्स ९६ बोतल, गोल्डेन वक ६३ बोतल, ८८४८ नामक ४८ बोतल र सगुन गोल्ड १५ बोतल बरामद गरेको जानकारी दिएको छ । यस्तै ठूलो मात्रामा खालि बोतल र बिर्को समेत पाइएको छ ।
क्याटेगोरी : अर्थ, जनगुनासो, प्रमुख समाचार, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #ठूलो संख्यामा नक्कली मदिरा, #नक्कली मदिरा बनाउने
ताजा खबर
- १भीम रावललाई घनश्याम भुसालको आह्वानः एकीकृत समाजवादीमा आउनुस्
- २लिपुलेकबारे चीन–भारत सहमतिले नेपालको सार्वभौमिक अखण्डता अतिक्रमण भयोः विप्लव
- ३कांग्रेसको एक वर्षभित्र महाधिवेशन गर्न दबाब बढाउनुसः शेखर कोइराला
- ४भारतीय पूर्वप्रधानमन्त्री सिंहको राजकीय अन्त्येष्टि
- ५माओवादी पहिलो दल भए गिरिबन्धु, वाइडबडी सबै फाइल खोल्ने प्रचण्डको चेतावनी
तपाईको कमेन्ट लेख्नुहोस्