न्यूजिल्याण्डकी पूर्वप्रधानमन्त्री जसिन्डा आर्डर्नले गरिन् विवाह
काठमाडौं । न्यूजिल्याण्डकी पूर्वप्रधानमन्त्री जसिन्डा आर्डर्नले प्रेमी क्लार्क गेफोर्डसँग विवाह गरेकी छन् । आर्डर्न र गेफोर्डले पाँच वर्षअघि इन्गेजमेन्ट गरेका थिए । सन् २०२२ मा बिहे गर्ने तय भए पनि कोरोना महामारीको बढ्दो संक्रमणका कारण उनीहरुले आफ्नो विवाह स्थगित गरेका थिए ।
लामो समयपछि एक निजी समारोहमा विवाह गरेका हुन् । सन् २०१७ मा मात्र ३७ वर्षको उमेरमा आर्डर्न न्युजिल्याण्डको ४० औँ प्रधानमन्त्री बनेकी थिइन् । न्युजिल्याण्डको राजधानी वेलिङ्टनबाट ३२५ किलोमिटर टाढा रहेको हक्स बे क्षेत्रमा विवाह समारोह आयोजना गरिएको थियो । आर्डर्न र गेफोर्डले परिवारका सदस्यहरूको उपस्थितिमा विवाह गरेका हुन्।
विवाह समारोहमा पूर्व प्रधानमन्त्री क्रिस हिपकिन्स पनि उपस्थित थिए । आर्डर्नले कोरोना महामारीको अवधिमा मुलुकका लागि धेरै महत्त्वपूर्ण निर्णय लिएकी थिइन्, जसका कारण उनको कामको पनि प्रशंसा भएको थियो।
प्रधानमन्त्री पदमा रहँदा उनले बच्चालाई पनि जन्म दिइन् । आफ्नी नवजात छोरीलाई संयुक्त राष्ट्र महासभामा पनि लिएर गएकी थिइन । आर्डर्नले जनवरी २०२३ मा आफ्नो पदबाट राजीनामा दिएकी थिइन्।
क्याटेगोरी : विदेश, समाचार, सामाजिक सञ्जाल
ट्याग : #क्लार्क गेफोर्ड, #जसिन्डा आर्डर्न
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्