स्पेनको नाइट क्लबमा आगलागी हुँदा १३ जनाको मृत्यु
काठमाडौं । दक्षिण पूर्वी स्पेनको मुर्खिया शहरको एक नाइट क्लबमा आगलागी हुँदा १३ जनाको मृत्यु भएको छ । १४ जना सम्पर्कविहीन छन् । ला फोन्डा नामको नाइट क्लबमा स्थानीय समय अनुसार आइतबार बिहान ६ बजेतिर नाइट क्लब रहेको भवनमा आगो लागेको थियो ।
त्यतिबेला नाइट क्लबमा भीडभाड थियो । आगो वरपरका अरु क्लबमा पनि फैलिएको थियो । त्यसैले अधिकारीहरुले आगलागीमा परी मृत्यु हुनेको संख्या बढ्न सक्ने जनाएका छन् ।
सामाजिक सन्जालमा सेयर गरिएको भिडियोमा गाढा कालो धुवाँ निस्किरहेको देखिन्छ । आगलागीको कारण भने खुलेको छैन । आपतकालीन सेवाका कर्मचारीहरु उद्धार तथा खोजमा खटिएका छन् ।
एक २८ वर्षीया महिलाले आफ्नी आमालाई पठाएको अडियो म्यासेजमा ‘आमा म हजुरलाई धेरै माया गर्छु, हाम्रो मृत्यु हुनेवाला छ’ भनेकी छन् । ती महिला आफ्नो पार्टनर र साथीहरुसँग नाइट क्लबमा गएकी थिइन् । उनी जीवित छिन् कि मृत्यु भइसक्यो भन्ने खुलिनसकेको बीबीसीले जनाएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, विदेश, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १सरकारी कर्मचारीलाई अब १५ दिनमै तलब
- २पूर्णबहादुर खड्का निवास गोल्फुटारमा गगन थापा, कांग्रेसलाई एकताबद्ध बनाउने प्रयास
- ३रास्वपाको सचिवालय बैठकः वैशाख १५ देखि जिल्ला अधिवेशन शुरु हुने
- ४श्रम संस्कृति पार्टीबारे विज्ञहरुको टिप्पणीः शुरुवात राम्रो छ
- ५सर्वोच्चको फैसलाप्रति खड्का समूह असन्तुष्ट, पुनरावलोकनमा जाने संकेत



तपाईको कमेन्ट लेख्नुहोस्