बलम्बु क्षेत्रका सहकारीकर्मीलाई जाली नोट पहिचान तथा हस्ताक्षर जाँच तालिम
ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेड बलम्बु शाखाको आयोजनामा एक दिवसीय जाली नोट पहिचान तथा हस्ताक्षर जाँच विषयक तालिम बुधबार सम्पन्न भएको छ । चन्द्रागिरि नगरपालिका भित्र रहेका सहकारी संघ संस्थाका व्यवस्थापक, लेखापाल तथा नगद सँग सम्बन्धित कारोबार गर्ने कर्मचारीहरूलाई जाली नोट पहिचान र हस्ताक्षर चेकजाँच गर्न सहयोग पु¥याउनुको साथै वित्तीय कारोबारलाई चुस्त दुरुस्त बनाउने उद्देश्यले तालिम सञ्चालन गरेको बैंकले जनाएको छ ।
तालिमको उद्घाटन पछि मन्तव्य राख्नु हुँदै कार्यक्रमका प्रमुख अतिथि एवम् बैंकका अध्यक्ष के.बी.उप्रेतीले सहकारी क्षेत्रमा देखिएको समस्याको पहिचान गरी समाधानको लागि सरकारले गठन गरेको सहकारी क्षेत्र सुधार सुझाव कार्यदलले काम गरिरहेकोले त्यसको आधारमा सरकारले सहकारी क्षेत्रको समस्या समाधान गर्ने बताए । उनले पछिल्लो समय बजारमा नक्कली नोटको बिगबिगी बढेकोले त्यसबाट सचेत रहन र आफ्नो संस्थालाई सुरक्षित र जोखिम रहित बनाउन पनि तालिमले सहयोग पुग्ने उल्लेख गरे ।
तालिमको राष्ट्रिय विधि विज्ञान प्रयोगशाला नास्टका वरिष्ठ वैज्ञानिक मुकुल प्रधानले जाली नोट पहिचान तथा हस्ताक्षर जाँचको विषयमा सहजीकरण गरेका थिए । चन्द्रागिरि नगरपालिका भित्र रहेका ३० वटा सहकारी संघ संस्थाका व्यवस्थापक, लेखापाल तथा नगदसँग सम्बन्धित कारोबार गर्ने कर्मचारीको सहभागिता रहेको कार्यक्रमको सञ्चालन बलम्बु शाखाका प्रमुख कला थपलियाले गरेका हुन ।
क्याटेगोरी : अर्थ, समाचार
ताजा खबर
- १पूर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द १०१ संस्थाद्वारा सम्मानित
- २ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र
- ३आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउछौँः वामदेव गौतम
- ४सिंहदरबारमा प्रधानमन्त्री कार्कीसँग दुर्गा प्रसाईंको भेट (तस्बिरसहित)
- ५क्रान्तिकारी विकास आजको आवश्यकताः हर्क साम्पाङ



तपाईको कमेन्ट लेख्नुहोस्