बलम्बु क्षेत्रका सहकारीकर्मीलाई जाली नोट पहिचान तथा हस्ताक्षर जाँच तालिम
ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेड बलम्बु शाखाको आयोजनामा एक दिवसीय जाली नोट पहिचान तथा हस्ताक्षर जाँच विषयक तालिम बुधबार सम्पन्न भएको छ । चन्द्रागिरि नगरपालिका भित्र रहेका सहकारी संघ संस्थाका व्यवस्थापक, लेखापाल तथा नगद सँग सम्बन्धित कारोबार गर्ने कर्मचारीहरूलाई जाली नोट पहिचान र हस्ताक्षर चेकजाँच गर्न सहयोग पु¥याउनुको साथै वित्तीय कारोबारलाई चुस्त दुरुस्त बनाउने उद्देश्यले तालिम सञ्चालन गरेको बैंकले जनाएको छ ।
तालिमको उद्घाटन पछि मन्तव्य राख्नु हुँदै कार्यक्रमका प्रमुख अतिथि एवम् बैंकका अध्यक्ष के.बी.उप्रेतीले सहकारी क्षेत्रमा देखिएको समस्याको पहिचान गरी समाधानको लागि सरकारले गठन गरेको सहकारी क्षेत्र सुधार सुझाव कार्यदलले काम गरिरहेकोले त्यसको आधारमा सरकारले सहकारी क्षेत्रको समस्या समाधान गर्ने बताए । उनले पछिल्लो समय बजारमा नक्कली नोटको बिगबिगी बढेकोले त्यसबाट सचेत रहन र आफ्नो संस्थालाई सुरक्षित र जोखिम रहित बनाउन पनि तालिमले सहयोग पुग्ने उल्लेख गरे ।
तालिमको राष्ट्रिय विधि विज्ञान प्रयोगशाला नास्टका वरिष्ठ वैज्ञानिक मुकुल प्रधानले जाली नोट पहिचान तथा हस्ताक्षर जाँचको विषयमा सहजीकरण गरेका थिए । चन्द्रागिरि नगरपालिका भित्र रहेका ३० वटा सहकारी संघ संस्थाका व्यवस्थापक, लेखापाल तथा नगदसँग सम्बन्धित कारोबार गर्ने कर्मचारीको सहभागिता रहेको कार्यक्रमको सञ्चालन बलम्बु शाखाका प्रमुख कला थपलियाले गरेका हुन ।
क्याटेगोरी : अर्थ, समाचार
ताजा खबर
- १जेठ पहिलो सातादेखि सहकारीको बचत फिर्ता गर्ने तयारी, ७६ हजारको करिब ४६ अर्ब फिर्ता गर्न बाँकी
- २अध्यादेशको काम फत्ते भएपछि संसद बैठक बोलाउन सरकार तयार
- ३बालेन सरकारले सिफारिस गरेका ८ वटै अध्यादेश राष्ट्रपतिद्वारा जारी
- ४सरकारले भन्योः पेट्रोलियम पदार्थको मूल्य घटाउन सकिँदैन
- ५कांग्रेसका पाँच भातृसंगठनका कार्यसमितिहरू स्वतः विघटन



तपाईको कमेन्ट लेख्नुहोस्