सहकारी बैंकको प्राविधिक सहयोगमा ललितपुर बचत संघको रणनीतिक व्यावसायिक योजना तर्जुमा गोष्ठी
काठमाडौं । राष्ट्रिय सहकारी बैंक लिमिटेडको प्राविधिक सहयोगमा ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडको रणनीतिक व्यावसायिक योजना तर्जुमा गोष्ठी गरिएको छ ।
भक्तपुरको नगरकोटमा असार ७ देखि ९ गते सम्म ९तीन दिन० सञ्चालन भएको गोष्ठीमा संघका पदाधिकारी, लेखा सुपरिवेक्षण समितिका संयोजक तथा सदस्यहरु, उपसमितिका संयोजक तथा सदस्ष्हरू र कर्मचारीहरुको सहभागिता रहेको थियो ।
संघले आर्थिक वर्ष २०८४/०८५ सम्मको लागि रणनीतिक व्यावसायिक योजना तयार गरेको संघले जनाएको छ । गोष्ठीमा २८ वटा विभिन्न क्षेत्रका लक्ष्य निर्माण भएका छन् । मुलत् ललितपुर जिल्लाको सहकारी अभियान सुदृढीकरणमा योजना केन्द्रित भएर निर्माण गरिएको संघका अध्यक्ष एवम् बैंकका सञ्चालक रामहरि बजगाईँले बताए ।
कार्यक्रमको असार ७ गते नेफ्स्कुनका पूर्व अध्यक्ष ऋषिराज घिमिरेले उद्घाटन गरेका थिए । गोष्ठीमा बैंकका तालिम अधिकृत बल्लभ तिमल्सिनाले रणनीतिक व्यावसायिक योजना तर्जुमाको विषयमा सहजीकरण गरेका थिए ।
क्याटेगोरी : अर्थ, देश/दुनियाँ, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्