चीनको एक रेस्टुरेन्टमा विष्फोट, ३१ जनाको मृत्यु
काठमाडौं । चीनको उत्तरपश्चिमी भागको निङ्जिया सहरमा बुधबार राति भएको ग्यास विष्फोटमा ३१ जनाको मृत्यु भएको छ। निङ्जिया सहरमा रहेको एक रेस्टुरेन्टमा विष्फोट भएको चिनिया सञ्चारमाध्यम सिन्ह्वाले जनाएको छ।
एलपीजी ग्यास ट्याङ्कीमा लिकेज भएर विफोट भएको जनाइएको छ। विष्फोटमा परी ७ जना घाइते भएको र उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।
राष्ट्रपति सी चिनफिङले दुर्घटनामा मृत्यु भएका परिवारलाई तत्काल राहत र घाइतेको उपचारमा सहयोग गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन्। सीले महत्वपूर्ण उद्योग तथा क्षेत्रहरूमा सुरक्षा व्यवस्था मजबुत बनाउनुपर्नेमा जोड दिएका छन्।
यसअघि पनि चीनमा ग्यास र केमिकल विस्फोटका घटना भइसकेका छन्। सन् २०१५ मा शृङ्खलाबद्ध विस्फोटमा १७३ जनाको मृत्यु भएको थियो।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ,खुलाइएन कारण
- २बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- ३कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ४प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ५शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा



तपाईको कमेन्ट लेख्नुहोस्