सहकारी बैंकद्वारा मोरङमा गर्यो सञ्चालित ऋण लगानी तथा असुली व्यवस्थापन तालिम
काठाडौं । राष्ट्रिय सहकारी बैंक लिमिटेड उर्लाबारी शाखाको आयोजनामा जेठ १६ र १७ गते सञ्चालित सहकारी संघ संस्थाहरुको “ऋण लगानी तथा असुली व्यवस्थापन” तालिम बुधवार सम्पन्न भएको छ । सहकारी संघ संस्थाहरुको ऋणको गुणस्तर कायम गरी ऋण असुली कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन सहयोग पु¥याउने उद्देश्यका साथ तालिम सञ्चालन गरिएको बैंकले जनाएको छ ।
बैंकको उर्लाबारी शाखाका प्रमुख विनोद चुडालले बैंक तथा वित्तीय सहकारी क्षेत्रमा देखिएको समसामयिक विषयलाई समेट्न तालिमले सहयोग पुग्ने भन्दै तालिमबाट सिकेको कुरालाई आफ्नो संस्था एवम् व्यवहारमा उतार्न सके यसको औचित्य अझै बढ्ने बताए ।
तालिममा सहकारीहरूको ऋण असुली व्यवस्थापनका क्रममा ऋण जोखिम व्यवस्थापन, ऋण वर्गीकरणको तरिका, चार्ज अफ र राइट अफ, ऋण परामर्श र अभ्यास एवम् ऋण असुलीको कानुनी प्रावधानहरू कार्यान्वयनको तारिका सम्बन्धमा बैंकको तालिम विभागका सहायक अधिकृत राजकुमार बरालले सहजीकरण गरेका थिए ।
तालिमका सहभागीहरूले वर्तमान परिस्थितिमा ऋण असुली कार्य अत्यन्त चुनौती बनेकाले तालिमले प्राविधिक, सिपमूलक, कानुनी साथै व्यवहारिक पाटोमा सहयोगी भएको बताएका छन् ।तालिम कार्यक्रममा त्यस क्षेत्रका विभिन्न ३२ वटा सहकारी संस्थाका ऋण विभागका कर्मचारी तथा ऋण उपसमितिका सदस्यहरू गरी ३८ जनाले सहभागिता जनाएका थिए ।
क्याटेगोरी : अर्थ, समाचार
ताजा खबर
- १रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक भएको रञ्जु न्यौपानेको दाबी
- २जेन–जी आन्दोलनसम्बन्धि मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र
- ३सरकारका नीति र निर्णय जनहितविपरीत रहेको प्रचण्डको आरोप
- ४जग्गाको द्वेध स्वामित्व अन्त्य गर्न सरकार प्रतिवद्ध छः मन्त्री रावल
- ५अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्