एसीसी प्रिमियर कपको फाइनलमा नेपालले युएईविरुद्ध खेल्दै, वर्षा बाधक बन्ने चिन्ता

काठमाडौं । नेपालले एसिसी प्रिमियर कपको फाइनलमा सोमबार नेपाल र युएई भिड्दैछन । पहिलो सेमिफाइनलमा कुवेतसँग भारी वर्षाको कारण खेल रद्द भएपछि समूह विजेताको रुपमा फाइनलमा पुगेको नेपालले उपाधिका लागी दोस्रो सेमिफाइनलमा ओमानलाई दुई रनले हराउँदै फाइनल पुगेको युएई विरुद्ध खेल्न लागेको हो ।
फाइनल खेल किर्तिपुरमा बिहान ९ बजेबाट सुरु हुनेछ । तर फाइनल खेलमा वर्षा बाधक हुने चिन्ता छ । आगामी बिहीबार सम्म काठमाडौंमा वर्षा हुने सम्भावना छ । जल तथा मौषम पुर्वानुमान महाशाखाका अनुसार सोमबार पनि वर्षाको सम्भावना छ । सोमबार फाइनल खेल हुन नसकेको खण्डमा खेल मंगलबार हुनेछ ।
मंगलबार पनी वर्षाको कारण खेल हुन सकेन भने सुपर ओभर गराउन प्रयास गरिनेछ । सुपर ओभर पनि टाई भएमा अर्को सुपर ओभर हुनेछ । तर वर्षाको कारण सुपर ओभर पनि हुनसक्ने अवस्था नभएमा आइसिसीको ओडिआई वरियतामा माथि हुने टोली एसिया कपमा पुग्नेछ । आइसिसीको ओडिआई वरियतामा नेपाल १४ औं र युएई १९ औं स्थानमा छन् । नेपाल र युएई चिरपरीचित प्रतिद्वन्द्वी हुन् । पछिल्लो समय नेपाल उत्कृष्ट लयमा छ । युएई पनी फर्ममा देखिन्छ ।
हेड टु हेड (ओडिआई)
नेपाल र युएई एकदिवसीय मान्यता प्राप्त राष्ट्र हुन । जसका कारण युएई र नेपालको फाईनल खेल ओडिआई मान्यता प्राप्त हुनेछ । नेपाल र युएई अहिले सम्म १३ पटक ओडिआई खेलमा आमने सामने भएका छन । जसमा नेपालले ७ खेल जितेको छ । भने युएईले ६ खेलमात्र जितेको छ । नेपालले युएईलाई पछिल्लो ३ खेलमा लगातार पराजित गरेको छ ।
हेड टु हेड (टि २० आई)
टि २० इन्टरनेसनल तर्फको हेड टु हेडमा पनी नेपाल अगाडी छ । टि २० इन्टरनेसनलमा युएई र नेपाल हालसम्म ३ भिडेका छन् । जसमा नेपालले २ खेल जितेको छ भने युएईले १ खेल जितेको छ ।
एसीसी प्रिमियर कपमा प्रदर्शन
एसीसी प्रिमियर कपको समुह चरणदेखी सेमिफाइनल सम्मका ५ खेलमा नेपाल ३ खेलमा बिजयी बन्यो । २ खेल वर्षाका कारण रद्ध हुदा नेपाल एक खेलमा पनी पराजित भएन । युएईले भने समुह चरणमा १ खेल हा¥यो । समुह चरणको आफ्नो दोस्रो खेलमा मुलपानीमा हङकङसंँग युएई डिएलएस पद्धतीमा ६७ रन पराजित भएको थियो ।
खेलाडीमा नजर
सन्दीप लामीछाने र कुशल मल्ले नेपालका लागी सानदार प्रदशन गरीरहेका छन । बलिङमा सन्दीप र ब्याटिङमा कुशलले नेपालको जितमा अहम भुमिका निभाईरहेका छन । फाइनल अघि कप्तान रोहित पौडेल पनी फर्ममा फर्केका छन । करन केसी र सोमपाल कामीले पनी राम्रो प्रदर्शन गरिरहेका छन । ओपनर जोडी कुशल भुर्तेल र आसिफ सेखले क्षमताअनुसारको खेल्न नसके पनी कुवेतविरुद्धको खेलबाट सम्भावना देखाएका छन् ।
दिपेन्द्र सिंह ऐरीको ब्याट चल्न नसक्नु नेपालका लागि चिन्ताको विषय बनेको छ । तर उनी फाईनलमा बेला फर्ममा फर्केर नेपालको जितमा अहम भुमिका निभाउने आशामा नेपाली टिम र समर्थक छन । भिम सार्की पछिल्ला दुई खेलमा चलेका छैनन् । आरीफ सेखको ब्याटबाट पनी उत्कृष्ट इनिङ आउन बाकी नै छ । ललितनारायण राजबंसीले फाईनलमा युएईविरुद्ध सानदार प्रदशन गर्ने समर्थकको अपेक्षा छ । उता युएईको टिममा मोहम्मद वाशीम, भृत्य अरबिन्द, रोहन मुस्तफा, आयान अफजल खान जस्ता खेलाडी फर्ममा छन ।
नेपाली टिमले यि खेलाडीहरुका लागि विशेष रणनीती समेत बनाएको छ । खासगरी कप्तान वाशीमलाई रोक्ने नेपालको रणनीति छ । एसीया कपमा भारत पकिस्तानको मुख्य टोलीविरुद्ध खेल्ने सपना बोकेको नेपालले एसिसी इमर्जिङ टिम्स एसिया कपमा भने थान बनाईसकेको छ । यो प्रतियोगितामा नेपालसँगै युएई र ओमानले पनी स्थान बनाएका छन ।
लिस्ट ए मान्यता प्राप्त यो प्रतियोगिता आउदो जुन र जुलाईमा हुने छ । ठाउ भने टुंगो लागेको छैन । एसीसी प्रिमियर कपका टप तिन टिम नेपाल, युएई र ओमानसँगै यो प्रतियोगितामा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानका ए टिमहरुको सहभागिता रहनेछ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, विचार/लेख, समाचार
ट्याग : #नेपाल, #युएई
तपाईको कमेन्ट लेख्नुहोस्