रुकुम पश्चिममा प्रहरीद्वारा झण्डै ७ रोपनी बारीमा लगाइएको अफिम खेती नष्ट
रुकुमपश्चिम । प्रहरीले झण्डै सात रोपनी बारीमा लगाइएको अफिम खेती नष्ट गरेको छ। शनिवार रुकुमको आठबिसकोट नगरपालिका–१३ मा रहेको हम्फामा लगाइएको अफिम खेतीको नष्ट गरिएको हो ।
छुट्टाछुट्टै ठाउँमा गरेर झण्डै सात रोपनी जग्गामा अफिम खेती गरिएको थियो । इलाका प्रहरी कार्यालय आठबिसकोटका प्रहरी निरीक्षक विक्रम सुवेदीको नेतृत्वमा गएको प्रहरी टोलीले अफिम खेती नष्ट गरेको बताइएको छ ।
अफिमको खेती कसले गरेको भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, समाचार, सामाजिक सञ्जाल
ट्याग : #अफिम खेती नष्ट, #रुकुमपश्चिम
ताजा खबर
- १एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- २रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ३फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल
- ४रास्वपालक्षित प्रचण्डः सञ्जालमा हाहा र हुहु गरेर केही हुन्न
- ५गगन थापाको सन्देश– बदलिएको कांग्रेसले सिद्धान्तसँग सम्झौता गर्दैन, सत्तामा जान जोसँग पनि मिल्दैन



तपाईको कमेन्ट लेख्नुहोस्