जी–२० सम्मेलन अघि विशाखापट्टनका विभिन्न सहरमा योगा सत्र

विशाखापट्टनम । भारतको ग्रेटर विशाखापट्टनम म्युनिसिपल कर्पोरेशनले मार्च २८ र २९ मा हुन लागेको जी–२० शिखर सम्मेलनको पूर्वसन्धामा मङ्गलबार सहरका सबै प्रमुख पार्कहरूमा योगा सत्र आयोजना गरेको छ।
कर्पोरेशनका आयुक्त पी राजा बाबुले योग भारतद्वारा विश्वलाई दिएको सबैभन्दा ठूलो उपहार भएको बताएका छन्। जी–२० शिखर सम्मेलनका लागि आउने विश्व प्रतिनिधिहरूलाई योग सहित भारतीय संस्कृति र लोकाचारको परिचय गराउन यो कार्यक्रम आयोजना गरिएको राजा बाबुले बताए।
शिखर बैठकहरू अघि आज नागरिक पूर्वाधार सुधार, निजी वित्तपोषण, अन्तर्राष्ट्रिय अनुभवलगायतका विषयमा पाँच सत्रहरू आयोजना गरिनेछ। यस्तै, बिहीबार, सहरहरूको कोष र क्षमता अभिवृद्धि विषयमा छलफल गर्न थप चार सत्रहरू आयोजना गरिने बताइएको छ ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १कांग्रेसमा उठ्यो राज्यमन्त्री कान्छारामलाई हटाइएको विषय
- २लण्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थी ओलीकै भएको पुष्टि
- ३सभापतिमाथि लगाएको मुद्दामा दम छैन, सरकारको प्रतिशोध मात्रै होः सोबिता गौतम
- ४भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध
- ५समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छुः प्रचण्ड
तपाईको कमेन्ट लेख्नुहोस्