जी–२० सम्मेलनमा दिगो विकास लक्ष्य विषय समावेश भएकोमा राष्ट्र संघद्वारा प्रशंसा
नयाँ दिल्ली । संयुक्त राष्ट्र संघले गरिबी, भोकमरी, स्वास्थ्य र कल्याणकारी, गुणस्तरीय शिक्षा, लैङ्गिक समानता, स्वच्छ पानी र सरसफाई जस्ता दिगो विकास लक्ष्यहरूका कार्यक्रमहरुलाई भारतको अध्यक्षता भएको जी–२० सम्मेलनमा समावेश भएकोमा भारतको प्रशंसा गरेको छ ।
संयुक्त राष्ट्रका आवासीय संयोजक शोम्बी शार्पले भारतले वित्तीय संकटलाई निवारण गर्न बलियो आवाज उठाइरहेको बताएका छन् ।
श्री शोम्बी शार्पले बंगलादेश र अरुणाचल प्रदेशका निजामती कर्मचारीहरूको ५७ औं क्षमता निर्माण कार्यक्रमको संयुक्त समापन सत्रलाई सम्बोधन गर्दै संयुक्त राष्ट्र संघले भारतको ‘ग्रिन ट्रान्सिसन’लाई समर्थन गर्ने बताएका छन् । भारतले २०७० सम्ममा कार्बनको उत्सर्जन शून्यमा झार्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १अमेरिका फर्किदैं धुर्मुसले लेखे– १८ करोड ऋणको भारी बोकेर मातृभूमि छोड्दैछु
- २प्रधानमन्त्री बालेन शाहले गरे मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता
- ३बालेन सरकारमाथि बादलको कडा टिप्पणी, नेतृत्व लिन रविलाई आग्रह
- ४रास्वपा बैठकमा सांसदका गुनासै गुनासा, सरकार जिम्मेवार नबनेको आरोप
- ५सिंहदरबारमै ब्यस्त सांसद, गाउँ जानै छाडे



तपाईको कमेन्ट लेख्नुहोस्