ओखलढुंगाबाट काठमाडौं आउँदै गरेको बस सिन्धुलीमा दुर्घटना हुँदा ५ जनाको मृत्यु
सिन्धुली । सिन्धुलीमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । ओखलढुंगाबाट काठमाडौं आउदै गरेको बा २ खा ६५९६ नम्बरको बस फिक्कल गाउँपालिका–४ मा दुर्घटना भएको हो ।
मृत्यु हुनेमा २ महिला, २ पुरुष र १ बच्चा रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । २४ जना घाइते भएको बताइएको छ । उनीहरूको उद्धार गरी प्राथमिक उपचारका लागि खुर्कोट लगिएको छ । घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको छ ।
तीब्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । फरार चालकको खोजी भइरहेको छ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, समाचार
ट्याग : #सिन्धुलीमा बस
ताजा खबर
- १अमेरिका फर्किदैं धुर्मुसले लेखे– १८ करोड ऋणको भारी बोकेर मातृभूमि छोड्दैछु
- २प्रधानमन्त्री बालेन शाहले गरे मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता
- ३बालेन सरकारमाथि बादलको कडा टिप्पणी, नेतृत्व लिन रविलाई आग्रह
- ४रास्वपा बैठकमा सांसदका गुनासै गुनासा, सरकार जिम्मेवार नबनेको आरोप
- ५सिंहदरबारमै ब्यस्त सांसद, गाउँ जानै छाडे



तपाईको कमेन्ट लेख्नुहोस्