सरकारी सबै वेबसाइट डाउन, खुलेका कार्यालयमा काम प्रभावित
काठमाडौँ । नेपाल सरकारका सबै सरकारी वेबसाइट शनिबार एकैपटक डाउन भएका छन् । नेपाल सरकार मातहतमा रहेको ‘जीओभी डट एनपी’ अन्तरगतका वेबसाइटहरु एकैपटक डाउन भएका हुन् ।
सरकारी मन्त्रालय, विभाग, प्राधिकरण लगायत सम्पूर्ण सरकारी संस्थान तथा विभागहरुको वेबसाइटमा समेत समस्या देखिएको छ । नेपाल टेलिकम, एनसेल र ब्रोडब्याण्ड इन्टरनेटमा समेत वेबसाइट खुलेका छैनन् ।
‘जीओभी डट एनपी’ डोमेनमा रहेका सम्पूर्ण वेबसाइट खोल्दा ‘This site can’t be reached’देखाउँछ । यसबारे प्रधानमन्त्री कार्यलयमा बुझ्दा यो समस्या समाधान गर्ने काम भइरहेको जानकारी दिएका छन् ।
‘प्रधानमन्त्रीको प्राविधिक टोलीले यसबारे काम गरिरहेको छ । त्यस्तै सूचना तथा सञ्चार मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्यालले सर्भरमा समस्या आउँदा सबै सरकारी कार्यालयका वेबसाइट डाउन भएको जानकारी दिए । शनिबार भएका कारण अधिकांश कार्यालय बन्द थिए । तर, खुलेका केही कार्यालयमा भने काम प्रभावित भएको थियो ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, समाचार, सामाजिक सञ्जाल
ट्याग : #सरकारी वेबसाइट
ताजा खबर
- १कांग्रेसले निर्वाचनको समीक्षा गर्न चैत पहिलो साताभित्रै केन्द्रीय कार्यसमिति बैठक बोलाउने
- २ओलीलाई समवेदना दिँदै बालेनः पिताजस्तो रक्षक, गुरु र देवता कोही छैन, पात्र एक, भूमिका अनेक
- ३दुबई एयरपोर्टमा अलपत्र २७२ नेपालीलाई ल्याइयो, आज पनि उद्धार उडान
- ४आजदेखि आधा सिलिन्डरमात्र ग्यास पाइने, मूल्य ९५५
- ५तेल ढुवानीको प्रमुख जलमार्ग ‘स्ट्रेट अफ होर्मुज’मा अवरोध जारी राख्ने इरानको घोषणा



तपाईको कमेन्ट लेख्नुहोस्