भारतीय सेनाले ‘मार्शल आर्टस्’ को तालिम प्रदान गर्ने
नयाँ दिल्ली । भारतीय सेनाले सैनिकलाई ‘मार्शल आट्स’ को तालिम प्रदान गर्ने भएको छ । धारिलो हतियारद्वारा हुने आक्रमणको प्रतिरोध गर्न तथा हात हालाहालको अवस्थामा चुस्तताका लागि भारतीय सेनाले उक्त तालिम दिन लागिएको हो । भारतीय सेनाप्रमुख जनरल मनोज पाण्डेले शारीरिक तथा मानसिक तन्दुरुस्तीका लागि सैनिकहरुलाई विशेष ‘मार्शल आर्ट्स’ को तालिम दिन लागिएको बताएका हुन् । भारतीय सञ्चार माध्यम द प्रिन्टले जनाएअनुसार ‘मार्शल आर्ट्स’ तालिममा सैनिकलाई घरेलु हतियारको प्रतिरोध गर्न पनि प्रशिक्षण दिइनेछ ।
यसअघि भारतीय सेनामा सैनिकलाई ‘मार्शल आर्ट्स’को विशेष तालिमको व्यवस्था थिएन । यद्यपि भारतीय सेनाका गोर्खा, आसाम र नागा एकाईमा तैनाथ सैनिकलाई भने एकाईअनुसार आफ्नै मौलिक एवम् विशिष्ट किसिमको ‘मार्शल आर्ट्स’ को प्रशिक्षण दिने गरिएको द प्रिन्टले उल्लेख गरेको छ ।
युद्धको प्रकृति परिवर्तन हुँदै गएको र सैनिकलाई सबै किसिमबाट चुस्त राख्नका लागि भारतीय सेनाले नयाँ तालिमको योजना अघि सारेको हो ।पछिल्लो समय सीमा क्षेत्रमा भारतीय र चिनियाँ सैनिकबीच बेलाबेला हात हालाहालको अवस्था सिर्जना भएको सन्दर्भमा भारतीय सेनाले नयाँ प्रशिक्षण योजना ल्याएको हो ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्