बेलायतको हिथ्रो विमानस्थलमा रेडियोधर्मी युरेनियमसहित पाकिस्तानबाट आएको कार्गो जफत
लन्डन– पाकिस्तानबाट निर्यात भएको एक कार्गो कन्साइनमेन्टमा बेलायतको हिथ्रो एयरपोर्टमा जफत गरिएको छ । यो युरेनियमबाट बम बनाउन प्रयोग गर्न सकिने द सनले लेखेको छ । बेलायती ट्याब्लोइड द सनका अनुसार युरेनियम भएको प्याकेज मस्कटबाट ओमान एयरको यात्रुवाहक विमानमा हिथ्रोको टर्मिनल चारमा अवतरण गर्नुअघि पाकिस्तानबाट आएको थियो।
रेडियोधर्मी सामग्री भएको प्याकेज डिसेम्बर २९ मा नियमित जाँचपछि बेलायतको विमानस्थलमा पत्ता लागेको थियो। हिथ्रोको कार्गो खण्डमा फेला परेको युरेनियम प्याकेज बेलायतमा रहेको इरानसँग सम्बन्धित फर्मलाई सम्बोधन गरिएको द सनले रिपोर्टमा उल्लेख गरिएको छ । डेलीमेल अनलाइनका अनुसार कमाण्डर रिचर्ड स्मिथले अनुसन्धान जारी राखेको बताएका छन् ।
सन् २००४ मा, पाकिस्तानको आणविक बमका पिता अब्दुल कादिर खानले एक दशकभन्दा बढी समयदेखि आणविक प्रविधिको कालोबजारी चलाउँदै आएको र इरान, लिबियालगायत देशलाई आणविक गोप्य कुराहरू उपलब्ध गराएको थाहा पाएपछि विश्व नै स्तब्ध भएको थियो। (एएनआई)
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ,खुलाइएन कारण
- २बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- ३कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ४प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ५शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा



तपाईको कमेन्ट लेख्नुहोस्