भियतनामको लाङ सन प्रान्तले चीनबाट आउने सबै नागरिकको कोभिड टेष्ट गर्ने
हनोई– भियतनामको लाङ सन प्रान्तले चीनबाट यस प्रान्तमा आउने नागरिकको कोभिड–१९ को परिक्षण गर्नै भएको छ । ज्वरो, खोकी वा सास फेर्न गाह्रो हुने जस्ता लक्षणहरू भएका नागरिकको कोभिडको परिक्षण गर्ने भियतनामी अखबार भीएनएक्प्रेसले जनाएको छ ।
प्रिभेन्टिभ मेडिसिन महाशाखाका उपप्रमुख न्गुएन लुओङ तामले लाङ सन स्वास्थ्य विभाग र अधिकारीहरूसँगको भेटमा उक्त कुरा बताएका हुन्। भविष्यमा कोभिड–१९ बाट बच्नका लागि सीमानाका गेटमा नै सबै शंकास्पद बिरामीको द्रुत परीक्षण आवश्यक छ,’भीएनएक्सप्रेस पत्रिकाले समाचारमा उल्लेख गरेको छ ।
भियतनामले पछिल्लो समय चीनबाट यात्रुहरुलाई निरुत्साहित गर्दै आएको छ । पछिल्लो समय चीनमा कोभिड संक्रमणको वृद्धि दर उच्च रहेको एबीसी न्यूजले जनाएको छ । यूएस सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रि भेन्सनले चीन र हङकङ तथा मकाउबाट अमेरिका आउने सबै यात्रुहरूको नेगेटिभ कोभिड परीक्षण आवश्यक रहेको बताएको छ ।
क्याटेगोरी : विदेश, समाचार
ट्याग : #नागरिकको कोभिड, #भियतनामको लाङ
ताजा खबर
- १खर्च कटौतीका एक दर्जन प्रश्तावः बजेटमाथि विपक्षी सांसदका प्रश्नैप्रश्न
- २काठमाडौं महानगरको आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम पारित
- ३सरकारले संसदीय पद्धति र राष्ट्रिय हित विपरित कार्य गर्यो: महासचिव पोखरेल
- ४सरकार गैरजिम्मेवार बनेको हर्क राईको आरोप, पूर्वाधार मन्त्रीको अभिव्यक्तिको आलोचना
- ५सरकारले ल्याएको बजेटमा प्रशस्त कमजोरी छन्ः काँग्रेस सांसद रोकाय



तपाईको कमेन्ट लेख्नुहोस्