पाकिस्तानी प्रधानमन्त्रीले भने अन्तर्राष्ट्रिय सहयोग बाढी पहिरो पीडितलाई खर्च हुन्छ
स्लामावाद– अन्तर्राष्ट्रिय समुदायले जेनेभामा पाकिस्तान सरकारलाई सहयोग गर्ने वाचालाई पाकिस्तानी सरकारले ठूलो सफलताको रुपमा लिएको छ । अन्र्तराष्ट्रिय समुदायले १० अर्ब डलर बराबर परियोजना ऋण उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफले उक्त सहयोग हालै आएको बाढी पीडितको राहत र पुनर्स्थापनाका लागि मात्रै यो रकम खर्च गरिने बताएका छन् । ‘बाढी प्रभावित पाकिस्तानका लागि जेनेभामा भएको दाता सम्मेलनमा अन्तर्राष्ट्रिय समुदायले गरेको वाचामध्ये झण्डै ९० प्रतिशत परियोजना ऋणहरू हुन् जुन आगामी तीन वर्षभित्र कार्यान्वयन गरिने छ,’ अर्थमन्त्री इशाक दारले संयुक्त पत्रकार सम्मेलनमा भने।
बाढीपीडितको पुनःस्थापनाका लागि विश्व समुदायको सहयोग लिन पाकिस्तान र संयुक्त राष्ट्रसंघले संयुक्त रुपमा सम्मेलन आयोजना गरेको हो । बैठकमा करिब ४० देशका अधिकारीहरूका साथै निजी दाता र अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरू भेला भएका थिए। प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय समुदायले पाकिस्तानको विवेकपूर्ण पैसा खर्च गर्ने क्षमतामा विश्वास गरेको बताएको डन पत्रिकाले लेखेको छ ।
इस्लामिक विकास बैंक, एसियाली विकास बैंक, एसियाली पूर्वाधार लगानी बैंक र विश्व बैंकका प्रतिबद्धताहरू समावेश गरी परियोजना ऋण अहिले नै ८ अर्ब नाघेको इशाक दारले बताए।
प्रधानमन्त्री शहबाजले बाढी प्रभावित जनताको पुनर्स्थापनाका लागि अन्तर्राष्ट्रिय समुदायले गरेको प्रतिबद्धताको “हरेक पैसा” सरकारले उपयोग गर्ने वाचा गरे। जुन आगामी तीन वर्षमा पूरा हुने उनको भनाइ छ ।
“जेनेभा सम्मेलनमा अन्तर्राष्ट्रिय समुदायले गरेका यी ९।७ अर्ब डलर वाचा पाकिस्तानी राष्ट्रप्रतिको विश्वासको मत हो। हामी तिनीहरूलाई पारदर्शी रूपमा खर्च गर्नेछौं र तेस्रो पक्ष मार्फत लेखा परीक्षण गराउँछौं, प्रधानमन्त्री सरिफले भने। यो प्रतिबद्धताले पाकिस्तानको सरकार र जनतामा रहेको विश्वासको अभिव्यक्ति भएको प्रधानमन्त्रीले दोहोर्याए ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १सबैलाई निर्वाचनमा भाग लिने वातावरण बनाउन सरकारले आवश्यक कदम चालोस्ः अध्यक्ष दाहाल
- २सौराहामा रास्वपाको विस्तारित बैठक शुरु (तस्बिरसहित)
- ३बाबुराम भट्टराईको छलफलमाः जनार्दन शर्मादेखि डिपी अर्यालसम्म
- ४सुधनले मागे गृहमन्त्रीको राजीनामा, जेन–जीको माग पूरा नभए चुनाव हुन नदिने चेतावनी
- ५गृहमन्त्री अर्यालद्वारा पूर्वराष्ट्रपति भण्डारीसँग भेटवार्ताः आन्दोलनमा जलेको घरको निरीक्षण



तपाईको कमेन्ट लेख्नुहोस्