कम्बोडिया आगलागीमा परेका निराकार पाण्डेको साहसिक भिडियो, जसले सबैलाई रुवाउँदैछ

काठमाडौं । भनिन्छ, दुर्घटना र दुर्भाग्य बाजा बजाएर आउँदैन । न आउँछ भनेर संकेत नै पाईन्छ । दुर्घटना हुन्छ र त्यसले पीडा, आँशु, बेदना र नर्विसने सम्झना एवं चोट दिएर जान्छ । आफन्त र प्रियजनलाई आकस्मिक रुपमा गुमाउदा बाँच्नेहरु मर्माहत हुन्छन् । सात समुद्रपारि कम्बोडियाको एक क्यासिनोमा भएको आगलागीमा परि निधन भएका एक नेपालीको रोदनले धेरैको आँखा रसाएको छ ।
कम्बोडिया र थाइल्यान्डको सिमानानजिकै रहेको पोइपेटस्थित एक क्यासिनोमा भएको भीषण आगलागीमा परी झापाका निराकार पाण्डेले ज्यान गुमाएका छन् । ग्रान्ड डायमन्ड सिटीको भवनमा भएको आगलागीमा उनीसहित २४ जनाले पनि ज्यान गुमाएका छन् । ४० वर्षीय पाण्डेले परिवारलाई पठाएको भिडियो सन्देशले मुलुकलाई नै स्तब्ध बनाएको छ । झापाको विर्तामोड नगरपालिका– १ घर भएका ४० वर्षीय पाण्डे महिनादिन अघि व्यवसायिक सिलसिलामा कम्बोडिया गएका थिए ।
थाइल्याण्डको सिमाना पोइपेटस्थित ग्रान्ड डायमन्ड सिटी क्यासिनो होटलमा स्थानीय समयअनुसार बिहीबार राति साढे ११ बजे आगालागि भएको थियो । आगलागी हुँदा पाण्डे क्यासिनोको १२ औं तलामा बसेका थिए । आगलागिबाट बच्न नसक्ने अवस्था भएपछि पाण्डेले आफ्नो परिवारलाई भाइबरमार्फत भिडियो कल गरेर आफ्नो अवस्थाबारे यसरी जानकारी गराएका थिए । भिडियो कलमा आफू उक्त क्यासिनोको १२ औं तलामा रहेको र अब त्यहाँबाट हामफाल्नुको विकल्प नरहेको उनले बताएका थिए ।
परिवारले भने उनलाई हाम नफाल्न अपिल गरिरहेका थिए । उनले झापामा रहेका बुबा अग्नि पाण्डे, आमा, श्रीमती, ९ वर्षीय छोरा, दाइ र भाइहरूसँग कुराकानी गरेका थिए । आफ्ना छोरा आर्मन शुभ पाण्डेसँग अन्तिम समयमा भिडियो कुराकानी गरिरहेका थिए । अन्तिम समयमा छोरासँग कुरा गर्दै पाण्डेले ‘सानु, मेरो आँखाको बाबु, म तिमीलाई धेरै माया गर्छु । बाबा अलवेज लभ्स यू ।’ भनिरहेका थिए ।
पाण्डेले बिर्तामोडमा रहेका हजुरबुबा–हजुरआमा र मामाघरतर्फका हजुरबा–हजुरआमालगायतलाई पनि माया गर्न छोरालाई आग्रह पनि गरेका छन् । पाण्डेले ज्यान गुमाउनुअघि गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई सम्पर्क गरेको थिए । एनआरएनए कम्बोडिया शाखाका अध्यक्ष लालसिंह खड्कालाई सम्पर्क गर्दै शव घरसम्म पु¥यादिनु आग्रह पनि गरेका थिए ।
खड्काले उनलाई नआत्तिन र उद्धारको प्रक्रिया भईरहेको भन्दै हौसला प्रदान गरेपनि उनको इहलीला समाप्त भयो । यसअघि पनि करिब ३ महिना कम्बोडियामा बसेर नेपाल फर्किएका पाण्डे अंग्रेजी नयाँ वर्षमा घर फर्किने तयारीमा थिए । सामाजिक सञ्जालमा भाइरल भएको यो भिडियोले नेपालीलाई विक्षप्त बनाएको छ । बैंककस्थित नेपाली राजदूतावाससँग समन्वय गरि पाण्डेको शव नेपाल पठाउने तयारी भईरहेको एनआरएनएले जनाएको छ । उक्त क्यासिनोमा केही नेपाली पनि काम गर्ने भएपनि उनीहरुको अवस्थाबारे कुनै विवरण आएको छैन् ।
क्याटेगोरी : जनगुनासो, जीवनशैली, प्रमुख समाचार, समाचार, सामाजिक सञ्जाल
ट्याग : #कम्बोडिया आगलागी, #निराकार पाण्डे
ताजा खबर
- १कांग्रेसमा उठ्यो राज्यमन्त्री कान्छारामलाई हटाइएको विषय
- २लण्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थी ओलीकै भएको पुष्टि
- ३सभापतिमाथि लगाएको मुद्दामा दम छैन, सरकारको प्रतिशोध मात्रै होः सोबिता गौतम
- ४भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध
- ५समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छुः प्रचण्ड
तपाईको कमेन्ट लेख्नुहोस्