मेस्सी विश्वकपको ट्रफी लिएर सुतेको फोटो भाइरल

काठमाडौं । कतारमा भएको विश्वकप जितेर स्वदेश फर्किएका अर्जेन्टिनाका कप्तान लिओनल मेस्सीले टफ्रीसँग सुतेको फोटो सामाजिक सञ्जालमा भाइरल भएको छ ।
उनले सामाजिक सन्जालमा ‘गुड मर्निङ’ लेखेर ट्रफीसँग सुतेको फाटो सार्वजनिक गरेपछि उनको फोटो सामाजिक सञ्जालमा भाइरल भएको हो । कतारबाट अर्जेन्टिनाको फुटबल टोली सोमबार राति स्वदेश फर्किएको थियो ।
उनीहरूलाई लिन अर्जेन्टिनाबाट विमान पुगेको थियो । विजेता टोलीलाई राजधानी व्युनर्स आयर्समा भव्य स्वागत गिरिएको थियो। आफ्नो कप्तानीमा ३६ वर्षपछि मेस्सीले अर्जेन्टिनालाई विश्वकप जिताएका थिए ।
जितमा उत्सव मनाउन अर्जेन्टिना सरकारले मंगलबार सार्वजनिक बिदा समेत दिएको थियो ।
क्याटेगोरी : खेलकुद, विदेश, समाचार, सामाजिक सञ्जाल
ट्याग : #टफ्रीसँग सुतेको फोटो, #लिओनल मेस्सी
ताजा खबर
- १रसुवा बाढीः प्रभावकारी उद्धारका लागि कांग्रेसले गरायो सरकारको ध्यानाकर्षण
- २रसुवामा बाढीः उद्धार र राहतमा सहभागी हुन नेता–कार्यकर्तालाई प्रचण्डको निर्देशन
- ३धादिङको त्रिशूली नदीमा २ जनाको शव भेटियो
- ४रसुवा बाढीमा ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार
- ५स्पेनी लगानीकर्तासँग प्रधानमन्त्री ओलीले भने, नेपालमा लगानी गर्नुस्
तपाईको कमेन्ट लेख्नुहोस्