जाजरकोटमा जीप दुर्घटनामा ११ जनाको मृत्यु,छेडागाड नगरपालिका शोकमग्न
काठमाडौं । जाजरकोटमा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुगेको छ। ९ जनाको घटनास्थलमै र २ जनाको अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोमबार दिउँसो साढे ४ बजे छेडागाड नगरपालिका–४ स्थित खातिजेवाबाट सोही नगरपालिकाको वडा नम्बर ५ मा रहेको नगर अस्पतालमा उपचारको लागि बिरामी लिएर जाँदै गरेको जीप दुर्घटना भएको हो ।
चालक मान बहादुर रावतले चलाएको कर्णाली प्रदेश ०२–०० १ च ०४२९ नम्बरको बोलेरो जीप भिरबाटी भन्ने स्थानमा आफैँ अनियन्त्रित भएर २ सय मिटर तल खसेको थियो ।
घटनास्थल इलाका प्रहरी कार्यालय दशेराबाट करिब ८ किलोमिटर पूर्व र जिल्ला प्रहरी कार्यालयबाट ४६ किलोमिटर पश्चिम रहेको छ । घाइते छेडागाड – २ का जयनाथ अधिकारीलाई उपचारका लागि नेपालगन्ज पठाइएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
मृतकको नामावली
१.चालक मानबहादुर रावत –भगवतीमाई गाउँपालिका– २ दैलेख
२.अम्मर बहादुर खड्का – भगवतीमाई गाउँपालिका दैलेख
३.सुरेन्द्र केसी– भगवतीमाई –३ दैलेख
४.वीर बहादुर खत्री –छेडागाड नगरपालिका–६ जाजरकोट
५.जयकुमार बुढा– छेडागाड ५ जाजरकोट
६.नैसरा अधिकारी– छेडागाड ५ जाजरकोट
७.राम बहादुर बुढा – छेडागाड ६ जाजरकोट
८.दीपक अधिकारी– छेडागाड ५ जाजरकोट
९.देवीसरा बुढा –छेडागाड ५ जाजरकोट
१०.अम्मर बहादुर अधिकारी–छेडागाड ५ जाजरकोट
११.निशा अधिकारी –छेडागाड जाजरकोट
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, समाचार, सामाजिक सञ्जाल
ट्याग : #छेडागाड नगरपालिका, #जीप दुर्घटना
ताजा खबर
- १अमेरिका फर्किदैं धुर्मुसले लेखे– १८ करोड ऋणको भारी बोकेर मातृभूमि छोड्दैछु
- २प्रधानमन्त्री बालेन शाहले गरे मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता
- ३बालेन सरकारमाथि बादलको कडा टिप्पणी, नेतृत्व लिन रविलाई आग्रह
- ४रास्वपा बैठकमा सांसदका गुनासै गुनासा, सरकार जिम्मेवार नबनेको आरोप
- ५सिंहदरबारमै ब्यस्त सांसद, गाउँ जानै छाडे



तपाईको कमेन्ट लेख्नुहोस्