राष्ट्रिय सहकारी बैंकको १९ औं वार्षिक साधारण पुस १६ गते
काठमाडौं । राष्ट्रिय सहकारी बैंक लिमिटेडको १९ औं वार्षिक साधारण सभा पुस १६ गते हुने भएको छ । शुक्रवार बसेको बैंक सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, विज्ञ समूह र उप–समितिको संयुक्त बैठकले पुस १६ गते शनिवार एकाइगत रुपमा गर्ने निर्णय भएको हो ।
साधारण सभा सात वटै प्रदेशहरूमा सहकारी संघ–संस्थाका प्रतिनिधिहरूको भौतिक उपस्थितिमा एकै दिन सम्बन्धित प्रदेशहरुमा गर्ने अध्यक्ष केबी उप्रेतीले जानकारी दिए । गत वर्षको साधारण सभा सातै प्रदेशहरूमा फरक–फरक दिनमा गरेका थियौ, यो पटक नयाँ अभ्यासका रुपमा एकै दिन गर्न लागेकोले धेरै भन्दा धेरै प्रतिनिधिहरूको सहभागिता रहने अपेक्षा गरेको उनले बताए ।
बिहान भर्चुअल रुपमा साधारणसभाको शुरुवात गर्ने, प्रदेश स्तरीय एकाई सभामा उपस्थित सम्बन्धित प्रदेशका प्रतिनिधिहरुले प्रस्तावहरु पारित गरेपछि निर्वाचन कार्यक्रम अगाडि बढाइनेछ ।
प्रदेश नं. १ को बिरानगर, मधेश प्रदेशको जनकपुर, बागमती प्रदेशको काठमाडौं, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवल, कर्णाली प्रदेशको सुर्खेत र सुदुरपश्चिम प्रदेशको धनगढीमा साधारणसभा गरिने छ । साधारण सभाको एकाइ बैठकका प्रतिनिधिहरूको निर्णय प्रमाणित गर्ने सभा केन्द्रीय पुस १८ गते काठमाडौँमा गर्ने निर्णय भएको छ ।
क्याटेगोरी : अर्थ, देश/दुनियाँ, प्रमुख समाचार, समाचार
ताजा खबर
- १पूर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द १०१ संस्थाद्वारा सम्मानित
- २ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र
- ३आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउछौँः वामदेव गौतम
- ४सिंहदरबारमा प्रधानमन्त्री कार्कीसँग दुर्गा प्रसाईंको भेट (तस्बिरसहित)
- ५क्रान्तिकारी विकास आजको आवश्यकताः हर्क साम्पाङ



तपाईको कमेन्ट लेख्नुहोस्