राष्ट्रिय सहकारी बैंकको १९ औं वार्षिक साधारण पुस १६ गते
काठमाडौं । राष्ट्रिय सहकारी बैंक लिमिटेडको १९ औं वार्षिक साधारण सभा पुस १६ गते हुने भएको छ । शुक्रवार बसेको बैंक सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, विज्ञ समूह र उप–समितिको संयुक्त बैठकले पुस १६ गते शनिवार एकाइगत रुपमा गर्ने निर्णय भएको हो ।
साधारण सभा सात वटै प्रदेशहरूमा सहकारी संघ–संस्थाका प्रतिनिधिहरूको भौतिक उपस्थितिमा एकै दिन सम्बन्धित प्रदेशहरुमा गर्ने अध्यक्ष केबी उप्रेतीले जानकारी दिए । गत वर्षको साधारण सभा सातै प्रदेशहरूमा फरक–फरक दिनमा गरेका थियौ, यो पटक नयाँ अभ्यासका रुपमा एकै दिन गर्न लागेकोले धेरै भन्दा धेरै प्रतिनिधिहरूको सहभागिता रहने अपेक्षा गरेको उनले बताए ।
बिहान भर्चुअल रुपमा साधारणसभाको शुरुवात गर्ने, प्रदेश स्तरीय एकाई सभामा उपस्थित सम्बन्धित प्रदेशका प्रतिनिधिहरुले प्रस्तावहरु पारित गरेपछि निर्वाचन कार्यक्रम अगाडि बढाइनेछ ।
प्रदेश नं. १ को बिरानगर, मधेश प्रदेशको जनकपुर, बागमती प्रदेशको काठमाडौं, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवल, कर्णाली प्रदेशको सुर्खेत र सुदुरपश्चिम प्रदेशको धनगढीमा साधारणसभा गरिने छ । साधारण सभाको एकाइ बैठकका प्रतिनिधिहरूको निर्णय प्रमाणित गर्ने सभा केन्द्रीय पुस १८ गते काठमाडौँमा गर्ने निर्णय भएको छ ।
क्याटेगोरी : अर्थ, देश/दुनियाँ, प्रमुख समाचार, समाचार
ताजा खबर
- १बालेन सरकारको सय दिन, प्रशासनिक सुधार, सार्वजनिक सेवाप्रवाहमा जोड
- २कांग्रेसको इतर पक्षले २२ गतेदेखि चुनदेवीस्थित नयाँ कार्यालयबाट काम गर्ने
- ३शिक्षा क्षेत्रको सुधारका लागि विद्यालयलाई दलगत प्रभावबाट मुक्त गर्न गगनको सुझाव
- ४बालेन सरकार ऐनले नचिनेका व्यक्तिको स्वेच्छाचारी शासन भएको एमालेको निष्कर्ष
- ५जनताले महशुस हुनेगरी काम गर्न नसकेको हर्कराज राईको जिकिर



तपाईको कमेन्ट लेख्नुहोस्