पहिलो पटक फिफा विश्वकपमा महिला रेफ्री
काठमाडौं । शुक्रबार अर्थात् डिसेम्बर २ मा हुने फिफा विश्वकपको खेलमा पहिलो पटक महिला रेफ्रीहरू देखिदै छन् । जर्मनी र कोस्टारिका बीचको समूह ईको खेलमा फ्रान्सकी स्टेफानी फ्रापार्टले मैदानमा मुख्य रेफ्रीको भूमिका निर्वाह गर्नेछिन् । फ्रेपार्टसँग थप दुई महिला रेफ्री सहायक रेफ्री रहनेछन् ।
उनीसँग नुइजा ब्याक र क्यारेन डियाजले सामेल हुनेछन्। यसअघि ३८ वर्षीय फ्रापार्ट सन् २०१९ मा फ्रान्सको लिग–१ मा रेफ्री बनेकी थिइन् । फ्रापार्टले २०१९ मा महिला विश्वकपको फाइनलमा पनि रेफ्री गरेकी थिइन्। उनी २०१९ यूईएफए सुपर कपको फाइनल खेलका लागि रेफ्री प्यानलमा थिइन् भने २०२० को च्याम्पियन्स लिगमा सहायक रेफ्री थिइन् ।
फिफा विश्वकपमा छनोट भएपछि फ्रापार्टले भनेकी थिइन्, ‘विश्वकपका लागि छनोट भएकोमा म निकै खुसी छु । अब छनोट लिङ्गका आधारमा होइन योग्यताका आधारमा हुन्छ । फिफाले विश्वकपमा महिला रेफ्री बोलाएर विश्वलाई कडा सन्देश दिएको छ ।’ इन्टरनेशनल फेडरेशन अफ फुटबल हिस्ट्री एन्ड स्टेटिस्टिक्सको तर्फबाट फ्रापार्टले सन् २०१९, २०२० र २०२१ मा उत्कृष्ट रेफ्रीको अवार्ड पाएकी छन् ।
क्याटेगोरी : खेलकुद, विदेश, समाचार
ट्याग : #जर्मनी र कोस्टारिका, #महिला रेफ्री
ताजा खबर
- १एचआईभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
- २३१ वर्षदेखि थन्किएको सरकारी जग्गासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
- ३सरकारलाई ट्रेड युनियन हटाउने बाटो खुल्यो, अन्तरिम आदेशले पाएन निरन्तरता
- ४आकु ब्रान्डको पानी, उपभोक्ताको स्वास्थ्यमा मनोमानी, भेटियो खतरनाक अखाद्य वस्तु
- ५जेनजी आन्दोलनका ४५ बलिदानीको कथा समेटिएको ‘अधुरा सपना’ पुस्तक विमोचन



तपाईको कमेन्ट लेख्नुहोस्