नक्कली प्रशासकीय अधिकृत बुद्धिमान परियार पक्राउ
बाग्लुङ । जिल्ला प्रशासन कार्यालयको प्रशासकीय अधिकृत भन्दै ठगी गर्ने गोरखाको शहीद लखन गाउँपालिका–४ का बुद्धिमान परियारलाई प्रहरीले पक्राउ गरेको छ।
ठगी गरेको भन्ने सूचना पाएपछि बागलुङ नगरपालिका–३ गुठीस्थित प्रशासन कार्यालय परिसरबाट परियारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
निजामती कर्मचारीको पोशाक, विभिन्न कार्यालयका छाप र दस्तखत भएका पत्र र आकाशचन्द्र परियार उल्लेख भएको प्रशासकीय अधिकृतको रबर छापसहित उनलाई पक्राउ गरेको हो । परियार बसेको होटलको कोठामा गई खानतलासी गर्दा यी सामान र कागजात फेला परेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि जेल चलान
- २बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी
- ३सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल
- ४बालेन सरकारका मन्त्रीहरुको सम्पत्ति छानविन नहुने,कार्यादेश नै दिइएन
- ५साहित्य, कला र संस्कृतिले राष्ट्रको आन्तरिक जीवन र चेतनाको निर्माण गर्ने सञ्चारमन्त्रीको दाबी



तपाईको कमेन्ट लेख्नुहोस्