कृष्ण प्रसाईँको “घामको आयु” कविता संग्रह सार्वजनिक
 
	
				
			काठमाडौं । बैसाख ४ गते इलामको सुर्योदय नगरपालिका अन्तर्गत श्री अन्तुमा जेन कवि कृष्ण प्रसाईंको “घामको आयु” नामक जेन कविता संग्रहको लोकार्पण गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव जगत उपाध्याय “प्रेझित“ देवकोटा लु सुन प्रज्ञा प्रतिस्ठानका अध्यक्ष निनु चापागाईं, भारत सिक्किमका पुर्व सचिव किरण रसाइली, सिक्किम सरकारकी पिछडा वर्ग आयोगकी चेयरमेन पवित्रा भन्डारी, प्रसिद्ध भारतीय महाकाव्यकार मोहन दुखुन सिक्किमका एक दर्जन मिडियाकर्मी र मिडिया हाउसका सन्चालक, सिलगढी भारतका चर्चित नेपाली र हिन्दी कविहरू र नेपालका पत्रकारहरूले संयुक्त रूपमा उदाउँदो घाम र कंचनजंघालाई देखाएर कृतिको अनावरण गरेका थिए ।
उक्त पुस्तक दुई महिना अघि श्रीलंकाली सिङहाला भाषामा प्रकासित भैसकेको छ नेपालीमा भाषामा भने आइतबार लोकापर्ण गरिएको हो । शनिबारदेखि सुरु भएको उक्त कार्यक्रममा नेपाल र भारतका विभिन्न ३० कविहरूले कविता वाचन गरेका थिए । उक्त सम्मेलनको आयोजना देवकोटा लु सुन र प्रज्ञा प्रतिष्ठानले गरेको थियो भने स्थानीय स्तरमा गणेश रसिक फाउन्डेसनले गरेको थियो ।
सो समारोहमा भारतका कवि मोहन दुखुनलाई पचास हजार राशिको पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रमको अध्यक्षता प्रतिष्ठानका अध्यक्ष निनु चापागाईंले गरेका थिए भने प्रमुख अतिथिको रुपमा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव जगत उपाध्याय र बिशेष अतिथि संगितकार गणेश रसिकको उपस्थिति थियो ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, समाचार, साहित्य
ट्याग : #“घामको आयु”, #कवि कृष्ण प्रसाईं, #श्री अन्तुमा जेन
ताजा खबर
- १संवैधानिक इजलासको आदेशः प्रतिनिधिसभा विघटनविरुद्ध अन्तरिम आदेश जारी भएन
- २राष्ट्रपति पौडेलेको कतार भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
- ३वरिष्ठ अधिवक्ता भण्डारीको जिकिरः भदौ २३ को घटना छानबिन गर्न अन्तरिम आदेश जारी हुनुपर्छ
- ४राष्ट्रिय सभामा रिक्त सदस्यको निर्वाचन माघ ११ गते गर्ने सरकारको निर्णय
- ५आन्दोलनरत नर्सहरूका माग तत्काल सम्बोधन गर्न सरकारसँग प्रचण्डको माग

 
                                                         
				 
				 
				 
				 
				 
				

तपाईको कमेन्ट लेख्नुहोस्