Techie IT
  • २३ वैशाख २०८२, मंगलबार
KhojPatrika

शुक्रबारदेखि प्रतिलिटरमै १४ रुपैयाँ बढ्यो डीडीसी दूधको मूल्य


काठमाडौं । सरकारले देशभर लागू हुने गरी दूधको मूल्य बढाएसँगै उपभोक्ताहरु महंग मूल्यमा दूध किन्न बाध्य बनेका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले अनुमति दिएसँगै सरकारी स्वमित्वको दूग्ध विकास संस्थान ९डीडीसी० ले प्रतिलिटर ९ देखि १४ रुपैयाँ बढाएर दूधको मूल्य सार्वजनिक गरिसकेको छ ।

यता, निजी डेरीहरूले पनि मूल्यवृद्धिबारे छलफल थाल्दै केही दिनमा नयाँ मूल्य तोक्ने तयारि गरिरहेका छन् । नेपाल डेरी एशोसिएसनका अध्यक्ष राधाकृष्ण सापकोटाले सरकारले बढाएको मूल्यभन्दा निजी क्षेत्रले बिक्री गर्ने दूधको मूल्य फरक हुने दाबी समित केही दिनमै बढेको मूल्य सार्वजनिक गरिने बताए । निजी क्षेत्रको आकलनअनुसार नेपालमा धेरै दूध उत्पादन हुने समयमा दैनिक ६० लाख लिटर दूध उत्पादन हुन्छ । यसको १७ प्रतिशतमात्र बजारमा बिक्री हुने गरेको अनुमान छ ।
डीसीसीले बढायो दूधमा प्रतिलिटर ९ देखि १४ रुपैयाँ मूल्य
डीसीसीका कार्ययोजना तथा बजार व्यवस्थापन विभाग प्रमुख सजीव झाले शुक्रबारदेखि मूल्य बढेर दूध बजारमा जाने जानकारि दिए । सातवटा दूग्ध विकास आयोजनाबाट उत्पादन हुने विभिन्न ब्राण्डका चार प्रकारका दूधको मूल्य बढाइएको छ । डीडीसीले बिक्री गर्ने स्ट्यान्डर्ड दूध ९निलो प्याकेट० को बजार मूल्य काठमाडौं, विराटनगर, हेटौंडा र जनकपुरमा प्रतिलिटर मूल्य ८५ रुपैयाँ कायम गरिएको छ ।

बुटवल, भैरहवामा एक लिटरको मूल्य ८१ रुपैयाँ, नेपालगञ्ज र धनगढी क्षेत्रमा ७९ रुपैयाँ कायम गरिएको छ । यसअघि यस्तो दूध काठमाडौंमा ७६, बुटवल भैरहवामा ७२ र नेपालगञ्ज क्षेत्रमा प्रतिलिटर ७० रुपैयाँमा बिक्रि हुँदैआएको थियो । नीलो प्याकेटको आधा लिटर दूधको मूल्य काठमाडौं, हेटौंडा, विराटनगर र जनकपुरमा यसअघि ३८ रुपैयाँ रहेकामा अब बढेर ४२ रुपैयाँ ५० पैसा कायम गरिएको छ ।

लुम्बिनीमा आधा लिटरको ४० रुपैयाँ ५० पैसा र नेपालगञ्ज र धनगढी क्षेत्रमा ३९ रुपैयाँ ५० पैसा मूल्य निर्धारण गरिएको छ । पाँच प्रतिशत फ्याट हुने फुलक्रिम ९हरियो प्याकेट० को दूधको मूल्य लिटरमा १४ रुपैयाँ बढाइएको छ । काठमाडौंमा यस्तो दूधको मूल्य प्रतिलिटर ११४ रुपैयाँ, विराटनगरमा १०४, हेटौंडा र जनकपुर क्षेत्रमा १०२ र लुम्बिनी, नेपालगञ्ज र धनगढी क्षेत्रमा १०० रुपैयाँ पुर्याइएको छ । डीडीसीले बिक्री गर्ने गाईको दूध ९पहेँलो प्याकेट० को मूल्य लिटरमा १० देखि १२ रुपैयाँसम्मले बढेको छ ।

अब यो दूध किन्दा काठमाडौंका उपभोक्ताले प्रतिलिटर १०२ रुपैयाँ, विराटनगरमा एक सय रुपैयाँ र हेटौंडा–जनकपुर क्षेत्रमा ९६ रुपैयाँ तिर्नुपर्ने भएको छ । लुम्बिनी, नेपालगञ्ज र धनगढीमा यस्तो दूधको मूल्य ९० रुपैयाँबाट बढेर एक सय रुपैयाँ पुगेको छ । डीडीसीले चिया दूध भनेर बिक्री गर्दै आएको दूधको मूल्य लिटरमा १० रुपैयाँले बढेर प्रतिलिटर ८० पुगेको छ । विराटनगर, हेटौंडा र जनकपुरमा प्रतिलिटर ७४ रुपैयाँ कायम भएको यो दूध लुम्बिनी, नेपालगञ्ज र धनगढीमा ७० रुपैयाँमा किन्नुपर्ने भएको छ ।


क्याटेगोरी : अर्थ, खेती किसानी, प्रमुख समाचार, समाचार
ट्याग : #दूधको मूल्य, #पशुपन्छी विकास मन्त्रालय

तपाईको कमेन्ट लेख्नुहोस्