जव दुलही लिन गएका ८ जना जन्ती सधैंका लागि अस्ताए,शोकमा रोल्पाको लिवाङ
काठमाडौं । शनिबार बिहान बेहुली लिएर आउँदै गरेको जीप दुर्घटनामा पर्दा प्युठानको गौमुखी गाउँपालिका वडानम्बर ६ मा जिनावाङमा ८ जनाले ज्यान गुमाएपछि रोल्पाको लिवाङ गाउँ नै स्तब्ध भएको छ । घरमा कतिबेला बेहुली लिएर आउँछन् भनेर कुरेर बसेका घरपरिवार, आफन्तजन र छिमेकीमा घटनाको खबरले शोकाकुल भएको छ । बेहुली लिएर आएको सो जीप बेहुलाको घर आउन करिब १ किमी नजिकमा दुर्घटना भएको थियो । नौबहिनी गाउँपालिकाको लुङ बाउनेबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ जाँदै गरेको ग १ ज ५०९२ नम्बरको जीप ओखरपाटामा शनिबार बिहान ३ बजे दुर्घटनामा परेको थियो ।
जीप सडकदेखि १ सय ५० मिटर तल खोल्सामा खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनामा परेको गाडीमै रहेका बेहुलाबेहुली बाँचेका छन् तर सँगै गएका ८ जना जन्ती तथा आफन्तजनको ज्यान गएको छ । बेहुलीको एउटा हात नै क्षतविक्षत भएको छ । उनलाई थप उपचारका लागि बुटवल लगिएको छ भने बेहुलाको स्थानीय अस्पतालमै उपचार भइरहेको छ । रातिको समयमा भएको सो दुर्घटनामा एकै परिवारका श्रीमान, श्रीमती र छोरीसहित ८ जनाको मृत्यु भएको छ । गौमुखी गाउँपालिका वडा नं. ६ जिनाबाङका ३९ वर्षीय वसन्त खड्का, उनकी ३९ वर्षीया श्रीमती वसन्ती खड्का र उनीहरूकी ११ वर्षीया छोरी एलिसा खड्का एउटै परिवारका सदस्य हुन् ।
घटनाको खबर पाएलगत्तै उद्दारमा गएका गाउँपालिका विष्णु गिरीले रातिको समय भएकाले समयमै खबर उद्दार गर्न नसक्दा घाइते २ जनाको मृत्यु भएको जानकारी दिए । घाइतेलाई लिएर अस्पताल गएका गिरीले पानी परेको, चिफ्लो बाटो अनि रातीको समय भएकाले यस्तो भएको हुनसक्ने आंकलन गरेका छन् । त्यस्तै अन्य मृतकमा जीप चालक ५० वर्षीय बलबहादुर बुढा मगर,२९ वर्षीया केशरी खड्का, ३२ वर्षीय खिम खत्री, ५० वर्षीया नन्दी खड्का र नौबहिनी ६ लुङकी १८ वर्षीया विपना जिसी रहेका छन् ।
दुर्घटनामा परी बेहुला २५ वर्षीय दानबहादुर खड्का, बेहुली १९ वर्षीया रीमा जिसी, २१ वर्षीय हरि बुढा मगर, १७ वर्षीय नरेश खड्का र २५ वर्षीया सावित्रा जिसी घाइते भएका छन् । गम्भीर घाइते बेहुलीसहित तीन जनालाई थप उपचारका लागि बुटवल लगिएको र बेहुला दानबहादुर खड्का र साबित्रा जिसीको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको छ । बहुली लिएर आउछन् भन्दै पर्खाइमा रहेका आफन्त जीप दुर्घटनाको खबर सुन्दा छागाबाट खसेजस्तै भएका थिए ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, समाचार, सामाजिक सञ्जाल
ट्याग : #गौमुखी गाउँपालिका, #जीप दुर्घटना
ताजा खबर
- १३१ वर्षदेखि थन्किएको सरकारी जग्गासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
- २सरकारलाई ट्रेड युनियन हटाउने बाटो खुल्यो, अन्तरिम आदेशले पाएन निरन्तरता
- ३आकु ब्रान्डको पानी, उपभोक्ताको स्वास्थ्यमा मनोमानी, भेटियो खतरनाक अखाद्य वस्तु
- ४जेनजी आन्दोलनका ४५ बलिदानीको कथा समेटिएको ‘अधुरा सपना’ पुस्तक विमोचन
- ५संसद अवरोध हटाउन सभामुखलाई सकस, प्रधानमन्त्रीको जवाफ माग्दै प्रतिपक्षको निरन्तर बिरोध



तपाईको कमेन्ट लेख्नुहोस्