Techie IT
  • ३० असार २०८२, सोमबार
KhojPatrika

नेपाल टेलिभिजनको अध्यक्षमा समिरजंग शाह नियुक्त


काठमाडौं । नेपाल टेलिभिजनको कार्यकारी अध्यक्षमा पत्रकार समीरजंग शाह नियुक्त भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले शाहलाई टेलिभजनको कार्यकारी अध्यक्षमा नियुक्त गरेको हो।

रेडियो नेपालमा कार्यरत शाहले केही समयअघि रेडियो नेपालबाट राजीनामा दिएका थिए । शाह नेपाल प्रेस युनियनका पूर्वअध्यक्ष समेत हुन् । यसअघि कार्यकारी अध्यक्ष रहेका महेन्द्र विष्टले पदबाट राजीनामा दिएपछि पद रिक्त भएको थियो।


क्याटेगोरी : जीवनशैली, प्रमुख समाचार, समाचार
ट्याग : #समीरजंग शाह

तपाईको कमेन्ट लेख्नुहोस्