प्रशान्त महासागरको पोलिनेसियन मुलुक टोंगा टापुमा शक्तिशाली ज्वालामुखी विस्फोट
काठमाडौं । दक्षिणी प्रशान्त महासागरको पोलिनेसियन मुलुक टोंगा टापुमा शक्तिशाली ज्वालामुखी विस्फोट भएको छ। ज्वालामुखी विस्फोट भएसँगै समुद्रमा सुनामी समेत आएको छ।
विस्फोटको आवाज ८ सय किलोमिटरको दूरीमा पर्ने छिमेकी फिजीमा पनि सुनिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। विस्फोटपछि फिजी र न्युजिल्याण्डमा पनि सुनामीको खतरा रहेको भन्दै सुरक्षित रहन सचेत गराइएको छ।
विस्फोटको २० मिनेटपछि नै टोंगामा सुनामी आएको थियो। घटनापछि टोंगा सरकारले देशबासीलाई सुरक्षित स्थानतर्फ भागेर जान भन्दै सूचना जारी गरेको छ। घटनापछि टोंगामाहवाई सेवाबन्द गरिएको छ। आकाशमा धुवाँ आउनासाथ हवाई सेवा बन्द गरिएको थियो।
क्याटेगोरी : विदेश, समाचार
ट्याग : #प्रशान्त महासागर
ताजा खबर
- १पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ,खुलाइएन कारण
- २बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- ३कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ४प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ५शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा



तपाईको कमेन्ट लेख्नुहोस्