झारफुक गर्ने माताको भर पर्दा राजधानीमै बालिकाको ज्यान गयो

काठमाडौं । झारफुक गर्ने ‘माता’को विश्वासमा पर्दा एक बालिकाको मृत्यु भएको छ । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी २ कि १४ वर्षीय बालिकाको शनिबार मृत्यु भएको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।
केही महिनादेखि बिरामी रहेकी बालिकालाई उनकी आमाले २२ दिनअघि आफूलाई माता बताउने उमा शाही ठकुरीको काठमाडौंको नागार्जुन १ रानीवन पानी ट्याङ्कीनजिकै रहेको झारफुक केन्द्रमा लगेकी थिइन् । तर, टाउको दुख्ने समस्या लिएर ‘माता’कहाँ पुर्याएकी बालिकाको स्वास्थ्यमा कुनै सुधार भएन, बरू झन् समस्या बढ्दै गयो ।
‘शनिबार बिहान एक्कासी बालिका गम्भीर बिरामी भएपछि मनमोहन अस्पताल पुर्याइएको थियो । तर, चिकित्सकले मृत घोषणा गरेका थिए । बालिकाको मृत्यु भएपछि उनकी आमाले झारफुक गर्ने ठकुरीविरुद्ध कर्तव्य ज्यानको कसुरमा उजुरी दिएकी छन् । त्यही आधारमा प्रहरीले शाहीलाई पक्राउ गरेर अनुसन्धान थालेको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १पूर्वराष्ट्रपति भण्डारीलाई विमानस्थलमै ५१ किलोको माला
- २प्रधानमन्त्रीलाई बालेनको आग्रहः लिपुलेक हाम्रो हो भनेर चीनलाई सम्झाउन नबिर्सनुहोस्
- ३रोहितको उत्कृष्ट शतकमा साउथ अष्ट्रेलियामाथि नेपालको जित
- ४आन्दोलनरत उखु किसानले भदौ २५ गतेदेखि अनिश्चितकालिन राजमार्ग बन्द गर्ने
- ५सुनको मूल्यमा रेकर्ड : तोलाकै २ लाख नाघ्यो
तपाईको कमेन्ट लेख्नुहोस्