विश्वमा कोरोना संक्रमित हुनेको संख्या ३० करोड नाघ्यो
काठमाडौं । विश्वभर कोरोना संक्रमित हुनेको संख्या ३० करोड नाघेको छ। गत २४ घण्टामा २३ लाख ६३ हजार जना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ३० करोड ५ लाख ४२ हजार पुगेको हो। पछिल्लो २४ घण्टामा अमेरिकामा ६ लाख ४७ हजार, फ्रान्समा २ लाख ६१ हजार, इटलीमा २ लाख १९ हजार, वेलायतमा १ लाख ८० हजार र भारतमा १ लाख १४ हजार नयाँ संक्रमित थपिएका छन्।
यस्तै, अर्जेन्टिनामा १ लाख १० हजार, टर्कीमा ६८ हजार ४००, जर्मनीमा ५६ हजार ७०० र ब्राजिलमा ४४ हजार जना संक्रमित थपिएका छन्। सोही अवधिमा ६ हजार २५९ जनाको मृत्यु भएको छ। जसमध्ये अमेरिकामा १ हजार ६१८, रसियामा ८०२, पोल्याण्डमा ६४६, जर्मनीमा ३०५, वेलायतमा २३१ र फ्रान्समा २०४ जनाको मृत्यु भएको छ।
यस्तै, इटलीमा १९८, ब्राजिलमा १७१, टर्कीमा १५६ र भारतमा ३५ जनाको मृत्यु भएको छ। विश्वभर ३ करोड ७६ लाख सक्रिय संक्रमित रहेका छन्। जसमध्ये झण्डै ९३ हजार जनाको अवस्था गम्भीर रहेको छ।
क्याटेगोरी : विदेश, समाचार
ट्याग : #कोरोना संक्रमित
ताजा खबर
- १एचआईभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
- २३१ वर्षदेखि थन्किएको सरकारी जग्गासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
- ३सरकारलाई ट्रेड युनियन हटाउने बाटो खुल्यो, अन्तरिम आदेशले पाएन निरन्तरता
- ४आकु ब्रान्डको पानी, उपभोक्ताको स्वास्थ्यमा मनोमानी, भेटियो खतरनाक अखाद्य वस्तु
- ५जेनजी आन्दोलनका ४५ बलिदानीको कथा समेटिएको ‘अधुरा सपना’ पुस्तक विमोचन



तपाईको कमेन्ट लेख्नुहोस्