‘ईयूले दियो ओमिक्रोनका कारण सन् २०२२ मा स्वास्थ्य संकट आउने चेतावनी

काठमाडौं । युरोपेली संघ (ईयू )को स्वास्थ्य निकायले सन् २०२२ को सुरु सम्ममा स्वास्थ्य संकट आउने चेतावनी दिएको छ । ईयूले कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ का कारण स्वास्थ्य संकट आउने चेतावनी दिएको हो ।
यो भेरियन्टका कारण युरोपमा अस्पताल भर्ना र मृत्युको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । ‘युरोपियन सेन्टर फर डिजिज प्रिभेन्सन एन्ड कन्ट्रोल’ले भौतिक दूरी, मास्क र बुस्टर खोप कार्यक्रममा जोड दिन सबै सदस्य राष्ट्रहरूलाई आग्रह गरेको समाचार संस्था एएफपीले जनाएको छ ।
महामारी अगाडि नै देशहरुलाई आफ्नो क्षमता बढाउन र आवश्यक सावधानी अपनाउन साथै महामारी नियन्त्रणका लागि आवश्यक प्रयास थाल्न ढिला गर्न नहुनेमा युरोपेली आयोग प्रमुख उर्जुला भोन देर लायनले जोड दिएका छन् ।
क्याटेगोरी : विदेश, समाचार
ट्याग : #युरोपेली संघ
ताजा खबर
- १कांग्रेसमा उठ्यो राज्यमन्त्री कान्छारामलाई हटाइएको विषय
- २लण्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थी ओलीकै भएको पुष्टि
- ३सभापतिमाथि लगाएको मुद्दामा दम छैन, सरकारको प्रतिशोध मात्रै होः सोबिता गौतम
- ४भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध
- ५समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छुः प्रचण्ड
तपाईको कमेन्ट लेख्नुहोस्