Techie IT
  • २९ असार २०८२, आईतबार
KhojPatrika

रुकुमपश्चिमको मुसीकोटमा जन्ती बस दुर्घटना हुँदा २५ जना घाइते


काठमाडौं । रुकुम पश्चिमको मुसीकोट नगरपालिका २ को बरेलीबजार नजिकै जन्ती बोकेको बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् । जिल्लाको बाँफिकोट गाउँपालिका वडा नम्बर २ को पिपलमा जन्ति लिएर गई मुसीकोट नगरपालिका १ को घिमाने तर्फ फर्किदै गरेको ग १ ख २१०९ नम्बरको बस दुर्घटना भएको हो ।

घाईतेलाई उद्धार गरेर जिल्ला अस्पताल सल्लेमा लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पानी परेका कारण सडक चिप्लो भएकोले दुर्घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ । बस सडकबाट १ सय  मिटर तल खसेकाे छ ।


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्