सकियो क्रिस्टल बचत तथा ऋण सहकारीको १२ औं साधारणसभा (फोटो फिचर)
ललितपुर । ललितपुर महागरपालिका वडा नम्बर २७ स्थित क्रिस्टल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १२ औं वार्षिक साधारणसभा सकेको छ । शनिबार सहकारीले आर्थिक बर्ष २०७७/०७८ को प्रगति समिक्षा तथा चालु आर्थिक वर्ष २०७८/०७९ नीति, कार्यक्रम तथा बजेट तर्जुमा र कार्यान्वयन रणनीतिसहित साधारण सभा सकेको हो ।
साधारण सभामा प्रमुख अतिथि रहेका चतुर्भुजेश्वर बचत तथा ऋण सहकारीका अध्यक्ष अरुण मर्हजनले नीति र विधिलाई आत्मसात गर्दै सदस्यहरू मैत्री सेवा प्रवाहसँगै साकोस अभियानको महत्वपूर्ण भूमिका निर्वाह गर्न शुभकामना दिएका थिए ।
सहकारीको साधारण सभामा उपस्थित सहकारीकर्मी विक्रम महर्जन र सागर महर्जनले सहकारीको मर्म र भावना अनुसार बिवादरहित रुपमा अघि बढ्न शुभकामना दिए ।
सहकारीले सेयर सदस्य बढाउने, उनीहरुलाई सहुलियत ऋण मार्फत आवश्यकता टार्न सहयोग गर्नेदेखि संस्थाको बृद्धि विकासमा विशेष ध्यान दिने संकल्प समेत गरेको छ ।
क्याटेगोरी : अर्थ, जीवनशैली, देश/दुनियाँ, प्रमुख समाचार, समाचार
ट्याग : #क्रिस्टल बचत तथा ऋण सहकारी संस्था लिमिटेड
ताजा खबर
- १सरकारले नै विस्थापित सुकुम्वासीलाई आज र भोलि खानाको व्यवस्था गर्ने
- २हेडसरलाई थर्काएको रास्वपा सांसद विश्वराज पोखरेलको भिडियो भाइरल, चौतर्फी आलोचना
- ३चल्यो सुकुम्बासी बस्तीमा डोजर,सरकारलाई सघाउदै निस्किए सुकुम्बासी, ५ स्थानमा बासस्थान
- ४जानकी नवमीः मिथिलाको गौरव र माता जानकीको प्रादुर्भाव
- ५रविलाई हर्कले सोधे–सुकुमबासीलाई धनीपूर्जा दिने बाचा गरेर चुपचाप घण्टीमा छाप मागेको होइन ?




तपाईको कमेन्ट लेख्नुहोस्