मिस युनिभर्स नेपाल २०२१ बनिन् सुजिता बस्नेत
काठमाडौं । ‘मिस युनिभर्स नेपाल २०२१’ को विजेता सुजिता बस्नेत बनेकी छन् । १५ प्रतियोगीलाई पछि पर्दै उनले उपाधि चुमेकी हुन् । विजेताले १० लाख नगद सहित हिरा जडित ताज लगाउन सफल भइन् । उनलाई गत बर्षकी मिस युनिभर्स नेपाल विजेता अंशिका शर्माले ताज पहिराएकी थिइन् ।
राजधानीको होटल याक एन्ड यतिमा शनिबार साँझ आयोजित फिनालेमा उत्कृष्ट १६ बाट १० र ५ मा छनोट हुँदै अन्तमा विजेता घोषणा गरिएको हो । उमङ्ग क्रियसनको आयोजना र प्रशोधन कम्पनी ओरिफ्लेम मुख्य प्रयोजक रहेको कार्यक्रमका विजेताले आगामि १२ डिसेम्बरमा इजरायलमा आयोजना हुने ‘मिस युनिभर्स’मा नेपालको प्रतिनिधित्व गर्नेछिन् ।
कार्यक्रममा बिभिन्न उप शिर्षकमा समेत विजेता छानिएको थियो । प्रतियोगिताको निर्णायकमा गायिका इन्दिरा जोशी, मानसी अग्रवाल, सरिता ज्ञावली लगायत रहेका थिए । निनाकान्त मण्डल फस्ट रनरअप, रक्षा उप्रेती सेकेन्ड रनरअप, प्रतीक्षा महरा थर्ड रनरअप र केशु खड्का फोर्थ रनरअप घोषित भए । लामो समयदेखि अमेरिकामा बस्दै आएकी सुजिता विभिन्न सामाजिक कार्यमा पनि संलग्न छिन् ।
विदेशलाई कर्मभूमि बनाएपनि नेपालको सेवा गर्नुपर्छ भन्ने आफ्नो सोच रहेको उनले बताइन् । यसपटक ६ वटा जज थिए जसमा पूर्वमिस इन्डिया ऋतुसिंह वैद्य, मेकअप आर्टिस्ट स्नेह राणा, गायिका इन्दिरा जोशी, पत्रकार सरिताश्री ज्ञवाली, पूर्वमिस नेपाल इशानी श्रेष्ठ र कर्पोरेट ट्रेनर मानसी अग्रवाल छन् ।
क्याटेगोरी : जीवनशैली, प्रमुख समाचार, समाचार
ट्याग : #मिस युनिभर्स नेपाल २०२१, #सुजिता बस्नेत
ताजा खबर
- १एचआईभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
- २३१ वर्षदेखि थन्किएको सरकारी जग्गासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
- ३सरकारलाई ट्रेड युनियन हटाउने बाटो खुल्यो, अन्तरिम आदेशले पाएन निरन्तरता
- ४आकु ब्रान्डको पानी, उपभोक्ताको स्वास्थ्यमा मनोमानी, भेटियो खतरनाक अखाद्य वस्तु
- ५जेनजी आन्दोलनका ४५ बलिदानीको कथा समेटिएको ‘अधुरा सपना’ पुस्तक विमोचन



तपाईको कमेन्ट लेख्नुहोस्