जापानको बजारमा उड्ने मोटरसाइकल, मूल्य आठ करोड भन्दा बढी
काठमाडौं । जापानमा एउटा स्टार्टअप कम्पनी ले होभरबाइक भनिने आकाशमा उड्ने मोटरसाइकल निर्माण गरेको छ। त्यसको मूल्य छ लाख ८० हजार डलर अर्थात् झन्डै आठ करोड १६ लाख नेपाली रुपैयाँ राखिएको छ। निर्माता एएलआई टेक्नोलजीजले मानिसहरूले कार छोडेर आफ्नो उत्पादन प्रयोग गर्ने अपेक्षा गरेको छ।
होभरबाइकको एक्सटुरिज्मो लिमिटिड इडिशन बुधवारदेखि जापानी बजारमा आएको छ । इलेक्ट्रोनिक्स कम्पनी मित्सुबिशी र चर्चित फुटबल खेलाडी केइसुके होन्डा टोक्योस्थित उक्त कम्पनीका लगानीकर्ता हुन्। एकचोटि चार्ज गरेपछि यो होभरबाइक १०० किलोमिटर प्रतिघण्टाको गतिमा ४० मिनेटसम्म उड्न सक्ने एएलआई टेक्नोलजीजले जनाएको छ। आगामी वर्षको मध्यसम्ममा एक जना चढ्न मिल्ने ३०० केजी तौल भएका २०० वटा होभरबाइक उत्पादन गर्ने निर्माता कम्पनीको लक्ष्य छ।
प्रत्येक होभरबाइकमा एउटा परम्परागत इन्जिन र ब्यटरीजडित चारवटा मोटरहरू छन्। अहिलेसम्म जमिनमा र आकाशमा यात्रा गर्न सिमित विकल्प मात्र थियो, एएलआई टेक्नोलजीजका प्रमुख कार्यकारी दाइसुके कातानोले बताएको बिबिसीले जनाएको छ । टोक्योमा एक करोड ३५ लाख मानिस बस्छन्। त्यहाँ भिडभाड एउटा ठूलो समस्याका रूपमा देखा परेको छ। उच्चस्तरीय प्रविधियुक्त जापानी राजधानीलाई विश्वकै सर्वाधिक जनघनत्व भएको महानगरीय क्षेत्र मानिन्छ।
क्याटेगोरी : प्रविधि, विदेश, समाचार
ट्याग : #होभरबाइक
ताजा खबर
- १सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा
- २राष्ट्रिय सभामा दलले यसरी मिलाए भागबण्डा
- ३सभामुखमा डोलप्रसाद अर्याल निर्विरोध निर्वाचित भएको घोषणा
- ४पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ
- ५कांग्रेसको आधिकारिकता विवादबारे सर्वोच्च अदालतमा आज पेसी



तपाईको कमेन्ट लेख्नुहोस्