साइड इफेक्ट देखिएपछि स्विडेनमा कोरोना विरुद्धको खोप लगाउन स्थगित
काठमाडौं । स्विडेनमा ३० वर्षभन्दा कम उमेर समूहकालाई कोरोना विरुद्धको खोप लगाउन स्थगित गरिएको छ । साइड इफेक्ट देखिएकाले मोर्डना कम्पनीले उत्पादन गरेको खोप ३० वर्ष भन्दा कम उमेर समूहकालाई लगाउन बन्द गरिएको स्विडेनका स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।
मुटुको मांसपेशी वा पेरिकार्डियम सुन्निने जस्ता साइड इफेक्टको बढ्दो जोखिमका कारण खोप लगाउन तत्कालको लागि स्थगित गरिएको हो । स्विडेनका प्रमुख महामारीविद् एन्डर्स टेगनेले सुरक्षाको सुनिश्चिता भएपछि फेरि खोप लगाउनका लागि आवश्यक कदम चालिने जानकारी दिए ।
गएको जुलाईमा युरोपेली औषधि एजेन्सीले युरोपेली युनियनका २७ देशका १२ देखि १७ वर्ष उमेर समूहका व्यक्तिलाई यो खोप लगाउने अनुमति प्रदान गरेको थियो ।
क्याटेगोरी : विदेश, समाचार
ट्याग : #स्विडेन
ताजा खबर
- १पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ,खुलाइएन कारण
- २बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- ३कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ४प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ५शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा



तपाईको कमेन्ट लेख्नुहोस्