Techie IT
  • १८ असार २०८२, बुधबार
KhojPatrika

धनुषामा जनप्रतिनिधि र कर्मचारीविरुद्ध भैँसी जुलुस


काठमाडौं । धनुषाको सबैला नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुविरुद्ध भैंसी जुलुस निकालिएको छ । भ्रष्टाचार भएको आशंकामा माग गरिएको सूचना उपलब्ध नगराएपछि भ्रष्टाचारविरुद्ध संयुक्त संघर्ष समितिको पदाधिकारीको अनसनको समर्थनमा नगरबासीले भैंसी जुलुस निकालेका हुन् ।

जुलुसमा सहभागी गराइएका भैंसीहरूको घाँटीमा मेयर, इन्जिनियर, प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृत उल्लेखित प्लेकार्ड झुण्ड्याइएको थियो । भैंसी जुलस निकालेका नगरबासीले मेयर विजयशंकर साह, प्रमुख प्रशासकीय अधिकृत बलवीर ठाकुर र लेखा अधिकृत शिवकुमार झाविरुद्ध नाराबाजी गर्दै जुलुस निकालिएको थियो ।

भ्रष्टाचार लुकाउन सूचना नदिएको भन्दै संघर्ष समितिका संयोजक सुरेश यादवको नेतृत्वमा विगत १४ दिनदेखि नगरपालिकाको कार्यालयमा रिले अनसन जारी छ । चालु आर्थिक वर्षको बजेट र योजनाको दस्तावेज, गत वर्ष संसद विकास कोषबाट काम भएको योजनाको स्पष्ट विवरण, कोभिड १९ रोकथाम तथा क्वारेन्टाइन सञ्चालन खर्चलगायतका शीर्षकमा भएको खर्चको सूचना मागेको महिनौं वितिसक्दा पनि नदिएपछि यस्तो कदम चाल्नु परेको हो ।


क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, समाचार, सामाजिक सञ्जाल
ट्याग : #भैंसी जुलुस

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं