इथियोपियाले सात अधिकारीलाई निष्कासन गरेको भन्दै राष्ट्रसंघको आपत्ति
काठमाडौं । द्वन्द्वग्रस्त टिग्रेइ क्षेत्रमा खटिएका आफना सात अधिकारीलाई इथियोपियाले निष्कासन गरेको विषयमा संयुक्त राष्ट्रसंघले ध्यानाकर्षण भएको जनाएको छ । राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले इथियोपियामा गहिरिँदो मानवीय सङ्कट र भोकमरीबारे गम्भीर चिन्ता व्यक्त गरेका हुन् ।
अस्ति इथियोपियाले आन्तरिक मामिलामा दखल पुर्याएको आरोपसहित राष्ट्रसङ्घका सात जना अधिकारीलाई निष्कासन गरी द्वन्द्वग्रस्त टिग्रेइ क्षेत्रमा मानवीय सहयोग पुर्याउन प्रतिबन्ध लगाएको छ । तर, महासचिव गुटेरेसले इथियोपियालाई यो निर्णय लिने अधिकार नभएको प्रष्ट पारे । संयुक्त राष्ट्रसङ्घको तथ्याङ्क अनुसार टिग्रेइ क्षेत्रमा ५२ लाख नागरिक मानवीय सहायताको पर्खाइमा छन् ।
टिग्रेइ क्षेत्रमा मानव अधिकार र आधारभूत मानवीय आवश्यकता परिपूर्तिमा पुग्ने असरले बालबालिकाहरू भोकमरीको सिकार हुनसक्ने देखिएको छ । महासचिव गुटेरेसले संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्लाई इथियोपियाको पछिल्लो निर्णयले द्वन्द्व र मानवीय सङ्कट समाधानको विषय थप पेचिलो हुनसक्नेबारे जानकारी दिए । संयुक्त राष्ट्रसङ्घले मानवीय सहयोग नरोकिने र इथियोपिया सरकार संयुक्त राष्ट्रसङ्घ र यसका निकायसँग सहकार्य गर्न तयार हुने विश्वास लिएको छ ।
क्याटेगोरी : विदेश, समाचार
ट्याग : #राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस
ताजा खबर
- १दासढुंगा घटना षड्यन्त्र हो‚ मदन–आश्रितका हत्यारालाई कारबाही गर्छौं : बादल
- २समानुपातिकमा ६४ दल, १८ दलले मात्रै दिए ११० सिटमा उम्मेदवारी
- ३बाख्रा र कुखुराले मोर्चाबन्दी गरेर बाघको मुकाबिला गर्न सक्छन् ? : केपी शर्मा ओली
- ४केही मानिस देशै कब्जा गरिसक्यौं भनेजसरी रमाइरहेका छन्ः प्रचण्ड
- ५नेपालमा विदेशी चलखेल भइरहेको छः डा. शेखर कोइराला



तपाईको कमेन्ट लेख्नुहोस्