मेस्सीको गोलमा पीएसजीले म्यानचेस्टर सिटीलाई २–० गोलले हरायो
काठमाडौं । च्याम्पियन्स लिगमा पीएसजीले म्यानचेस्टर सिटीलाई २–० गोलले पराजित गरेको छ । अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सी र इड्रिसा गाना गुआईको गोलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पीएसजीले इंग्लिस क्लब म्यानचेस्टर सिटीलाई पराजित गरेको हो । गएराति भएको खेलमा घरेलु टोली पीएसजीले गुआईको गोलबाट अग्रता लिएको थियो ।
त्यस्तै, खेलको ७४औं मिनेटमा मेस्सीले गोल गरेपछि पीएसजीले २–० को अग्रता बनाएको थियो । मेस्सीले केलियन एमबाप्पेको पासमा गोल गरेका हुन् । साथै नयाँ सिजनमा पीएसजीका लागि अहिलेसम्म चार खेल खेलेका मेस्सीले पहिलो गोल गरे । च्याम्पियन्स लिग फुटबलमा गयराती भएका खेलमा रियल मड्रिड र एसी मिलान पराजित भएका थिए ।
रियललाई सेरिफले र एसी मिलानलाई एट्लेटिको मड्रिडले समान २–१ गोलले हराएको छ । अर्को खेलमा बोरुसिया डर्टमण्डले स्पोर्टिङलाई १–० ले हराएको छ । सख्तर डोनेस्क र इन्टरमिलानले गोलरहित बराबरी खेलेका छन् ।
त्यस्तै अजाक्सले बेसिक्टासलाई २–० ले हराएको छ । पोर्टो लिभरपुलसँग फराकिलो अन्तरले पराजित भएको छ । लिभरपुलले पोर्टोलाई ५–१ गोलले हरायो । त्यस्तै जर्मन क्लब आरबी लाइबजिग घरेलु मैदानमा क्लब बुर्जसँग २–१ ले पराजित भएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, विदेश, समाचार
ट्याग : #च्याम्पियन्स लिग
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्