जेष्ठ नागरिकका लागि दिवा सेवा
रुकुमपश्चिम । जिल्लाको मुसिकोट नगरपालिकामा जेष्ठ नागरिक दिवा सेवा सञ्चालनमा आउने भएको छ । मंगलबार बसेको जेष्ठ नागरिक जिल्ला कार्य समितिको बैठकले जेष्ठ नागरिकलाई मध्यनजर गर्दै सेवा सञ्चालन गर्ने निर्णय गरेको हो ।
बैठकले आगामी असोज १५ गते जेष्ठ नागरिक दिवसको अवसर पारेर सेवा केन्द्र सञ्चालन गर्ने निर्णय गरेको सामाजिक विकास कार्यालय रुकुमपश्चिमका प्रमुख खिम प्रसाद ढकालले जानकारी दिए । दिवा सेवा केन्द्रमा जेष्ठ नागरिकका लागि खाजा, धार्मिक तथा साँस्कृतिक अध्ययन सामाग्री, मनोरञ्जनका सामाग्रीहरु लगायतको व्यबस्था गरिनेछ ।
जेष्ठ नागरिक जिल्ला कार्य समिति रुकुमपश्चिमका अध्यक्ष एवम् मुसिकोट नगरपालिकाका प्रमुख देविलाल गौतमले जेष्ठ नागरिकहरुको सम्मान, उनीहरुले समाजमा दिएको योगदानको कदर गर्दै सेवा सञ्चालन गरिने लागेको बताए । केन्द्रमा जेष्ठ नागरिकहरुले नियमित भलाकुसारीका साथै विगतका अनुभवहरु साटासाट गर्न पाउनेछन् । सामाजिक विकास कार्यालय रुकुमपश्चिम र मुसिकोट नगरपालिकाको सहयोग रहनेछ ।
क्याटेगोरी : जीवनशैली, देश/दुनियाँ, समाचार
ट्याग : #जेष्ठ नागरिक दिवा सेवा
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्