Techie IT
  • २६ भदौ २०८१, बुधबार
KhojPatrika

किन लिए राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास


काठमाडौं । नेपाली क्रिकेटका सर्वाधिक सफल कप्तान पारस खड्काले आज बिहानै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । खेलाडीका रुपमा मैदानमा नउति्रए पनि कुनै न कुनै रुपमा कि्रकेटभन्दा टाढा नजाने पनि खड्काले बताएका छन् । पारस खड्का, एउटा नाम मात्र नभएर नेपाली क्रिकेटको एउटा युग हुन् । जब नेपाली क्रिकेट अन्तर्राष्ट्रिय जगत्मा बामे सर्दै थियो, त्यही बेला खड्काले नेपाली क्रिकेटमा पाइला चालेका थिए । सन् २००२ मा उमेर समूहबाट अन्तर्राषि्ट्रय क्रिकेट खेल्न थालेका उनले सन् २००४ मा सिनियर टोली मै स्थान पक्का गरेका थिए ।

सन् २००९ मा विनोद दासको स्थानमा नेपाली कि्रकेटको कप्तान बनेका पारसको नाममा त्यसपछि अनेकौँ उपलब लेखिए । २००९ को एसीसी टि ट्वेनि्टबाट उनले नेपाली राषि्ट्रय टोलीका कप्तानी थालेका थिए । सन् २०१० मा डिभिजन ५ मा पारस कै कप्तानीमा नेपाली सिनियर कि्रकेट टोलीले पहिलो अन्तर्राष्ट्रिय उपाधि जितेको थियो । नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय  क्रिकेटको मान्यता पाउँदा पनि उनी नै नेपालको कप्तान थिए । साथै नेपालले पहिलो पटक सन् २०१४ मा टि ट्वेनि्ट विश्व कपको यात्रा उनकै कप्तानीमा तय गरेको थियो ।

त्यो प्रतियोगितामा नेपालको प्रदर्शनलाई क्रिकेटका दिग्गजहरुले समेत प्रसंसा गरेका थिए । पारसको नाममा एकदिवसीय अन्तर्राषि्ट्रय र टि ट्वेनि्ट दुवै फर्माटमा नेपालका लागि सर्वाधिक रन बनाउने किर्तिमान छ । साथै कि्रकेटका ती दुवै फम्र्याटमा सतक बनाउने उनी नै एक्ला नेपाली कि्रकेटर पनि हुन् । सन् २०२० मा खेलेको एसीसी टि ट्वेनि्ट इस्टर्न रिजन नै पारसले खेलेको अनि्तम अन्तर्राषि्ट्रय कि्रकेट बन्यो । मंगलबार बिहानै सामाजिक संजालमार्फत उनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको जानकारी दिए । जसले गर्दा खेलाडीले क्रिकेट मैदानमा बिदा लिने परम्पराको पनि अन्त्य भएको छ ।

नेपालको सर्वाधिक सफल कप्तानको सन्यास यति निरस हुनु हुँदैन थियो । पछिल्लो समय नेपाल क्रिकेट संघसँग बढ्दै गएको दुरीका कारण पनि पारस खड्कांले सम्मानजनक बहिर्गमन पाउन नसकेको बताइन्छ । खेलाडीका रुपमा क्रिकेटबाट टाढा भएपनि कुनै न कुनै रुपमा क्रिकेटसँगै जोडिने योजना उनको छ । सम्भवत क्यानको आगामी महाधिवेशनसँगै उनको पर्दापण क्रिकेट पदाधिकारीको रुपमा हुनेछ । त्योभन्दा अगाडि भन्नै पर्छ, धन्यवाद नेपाली क्रिकेटको स्वर्णीम युगको नायकलाई । जसको मेहनतले नेपाली क्रिकेट आजको अवस्थासम्म आइ पुगेको छ ।


क्याटेगोरी : जीवनशैली, समाचार
ट्याग : #पूर्व कप्तान पारस खड्का

तपाईको कमेन्ट लेख्नुहोस्