थप ३ हजार ३ सय ६५ जनामा कोरोना संक्रमण पुष्टि, १ हजार ३ सय ७३ निको, १४ जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८ सय ६० जना सहित ३ हजार ३ सय ६५ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा दुबै बिधिबाट गरिएको १४ हजार २ सय ४२ परीक्षणका क्रममा थप ३ हजार ३ सय ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएका मध्ये काठमाडौ उपत्यकामा मात्रै ८ सय ६० जना रहेका छन् ।
काठमाडौं जिल्लामा ५ सय ९७, ललितपुरमा १ सय ५५ र भक्तपुरमा १ सय ८ जना संक्रमित भेटिएका छन् । यो सहित अहिलेसम्म कोरोना संक्रमण पुष्टि हुनेको कुल संख्या ७ लाख ५० हजार २२ पुगेको छ । कोरोनाका कारण थप १६ जनाको मृत्यु भएसगै मृत्यु हुनेको कुल संख्या ९ हजार ८ सय ७ पुगेको छ । बिहिबार १ हजार ३ सय ७३ जना कोरोना मुक्त भएका छन् । अहिलेसम्म कोरोना मुक्त हुनेको संख्या ६ लाख ५० हजार ४ सय ४५ पुगेको छ ।
कोरोना संक्रमण पश्चात निको हुनेदर ९४.१ प्रतिशत रहेको छ । देशभर सक्रिय संक्रमितको संख्या फेरि पनि बढेर ३० हजार ३ सय ९० पुगेको छ । संक्रमितको संख्या बढे सगं संक्रिय संक्रमितको संख्या फेरि बढेको हो । उनीहरु मध्ये २७ हजार ३ सय ५५ जना होमआइसोलेसन र ३ हजार ३५ जना संस्थागत आइसोलेसनमा छन् । आइसीयूमा ६३६ जना र भेन्टीलेटरमा १६० जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ । देशका १२ जिल्लामा ५ सय भन्दा धेरै संक्रिय संक्रमित रहेका छन् । त्यस्तै २४ जिल्लामा २ सय भन्दा माथि संक्रमित रहको छन् ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, शिक्षा स्वास्थ्य, समाचार
ट्याग : #कोरोना संक्रमण पुष्टि
ताजा खबर
- १३१ वर्षदेखि थन्किएको सरकारी जग्गासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
- २सरकारलाई ट्रेड युनियन हटाउने बाटो खुल्यो, अन्तरिम आदेशले पाएन निरन्तरता
- ३आकु ब्रान्डको पानी, उपभोक्ताको स्वास्थ्यमा मनोमानी, भेटियो खतरनाक अखाद्य वस्तु
- ४जेनजी आन्दोलनका ४५ बलिदानीको कथा समेटिएको ‘अधुरा सपना’ पुस्तक विमोचन
- ५संसद अवरोध हटाउन सभामुखलाई सकस, प्रधानमन्त्रीको जवाफ माग्दै प्रतिपक्षको निरन्तर बिरोध



तपाईको कमेन्ट लेख्नुहोस्