अफ्गानिस्तानमा तालिबानद्धारा सेनाको हत्या, एम्नेस्टी इन्टरनेसनलद्धारा युद्ध अपराधको संज्ञा
एजेन्सी । अफ्गानिस्तानमा तालिबानले सेनाको हत्या गरेको घटनाप्रति मानव अधिकारवादी संस्था एम्नेस्टी इन्टरनेसनलले निन्दा गरेको छ । मानव अधिकारवादी संस्था एम्नेस्टी इन्टरनेसनलले विद्रोही लडाकु समुह तालिबानद्धारा २२ जना अफ्गानी सेनाको हत्यालाई युद्ध अपराधको संज्ञा दिँदै निन्दा गरेको छ । अफ्गानिस्तानको उत्तरी क्षेत्रमा तालिबान लडाकु समुहले आत्मसमर्पण गर्ने २२ सैनिकहरुको ज्यान लिएको हो ।
गत महिना अफ्गानिस्तानको उत्तरी क्षेत्रहरु दउलत अबद क्षेत्रमा सेनाहरुलाई मारेको भिडियो पछिल्लो समय अमेरिकी टेलिभिजन सीएनएनले सार्वजनिक गरेको हो । घटनास्थलबाट २२ जना सेनाको शव फेला परेको रेडक्रसले जनाएको छ । मानव अधिकारकर्मीहरुले अफ्गानी सरकार समक्ष घटनामाथि छानबिनको माग गरेको छ । एम्नेस्टी इन्टरनेसनलको दक्षिण एसिया अभियानकर्ता समिरा हमिदीले अफ्गानिस्तानको दर्दनाक अबस्था यो घटनाले देखाएको टिप्पणी गरेकी छन् ।
तालिबानले आत्मसमर्पण गर्ने सेनाको ज्यान लिएको घटना युद्ध अपराध रहेको उनले बताईन् । तालिबानले अफ्गानिस्तानमा आतंकवादी गतिविधिहरु अन्त्य गरेको दाबी गर्दै आएपनि मानव अधिकार उल्लंघन र हत्याको घटनाहरु भईरहेको छ । स्रोतः जी फाईभ
क्याटेगोरी : विदेश, समाचार
ट्याग : #अफ्गानिस्तानमा तालिबान
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्