पाकिस्तानमा सरकारले नै मिडियामाथि अकुंस लगाएको विपक्षी पार्टीको आरोप
एजेन्सी । पाकिस्तानमा प्रधानमन्त्री इमरान खानको सरकारले प्रेस स्वतन्त्रतामाथि अंकुस लगाएको पाकिस्तान पिपुल्स पार्टीका अध्यक्ष बिलावल भुट्टो जरदारीले आरोप लगाएका छन् । पाकिस्तानमा प्रधानमन्त्री खानको सरकारले मिडियालाई धम्काउने, हस्तक्षेप र दमन गर्दै प्रेस स्वतन्त्रतामा अंकुस लगाएको पीपीपी अध्यक्ष बिलावलले आरोप लगाएका छन् । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा बोल्दै अध्यक्ष बिलावलले पाकिस्तानमा मिडियामाथिको हस्तक्षेप तथा दमन रोक्नुपर्ने बताएका छन् ।
प्रधानमन्त्री खानको सरकारले आफ्नो अवैध, असक्षम काम र असफलता लुकाउन मिडियामाथि कडा नियन्त्रण गरेको बिलावलले आरोप लगाए । सरकारको हस्तक्षेपद्धारा स्वतन्त्र पत्रकारहरुलाई बाध्यपूर्वक टेलीभिजन स्क्रिनबाट हटाउने र ती पत्रकारहरु आफ्नो विचार तथा विश्लेषण गर्न सामाजिक सञ्जालमा सिमित हुनु परेको बिलावलले टिप्पणी गरे । मिडियामाथिको दमनले जनतामा आक्रोस र निरासा मात्र पैदा हुने तर मुलुकको फाइदा नहुने पीपीपी अध्यक्ष बिलावलले टिप्पणी गरे ।
विश्व प्रेस स्वतनत्रताको सुचांकमा १८० मुलुकहरुमध्ये पाकिस्तान १४५ औँ स्थानमा रहेको प्रति चिन्ता प्रकट गर्दै प्रेस स्वतन्त्रताको पक्षमा पाकिस्तान पिपुल्स पार्टीको साथ रहने अध्यक्ष बिलावलले प्रतिबद्धता गरे । पाकिस्तानमा पत्रकारहरुमाथि हुने आक्रमण, धम्की, अपहरण जस्ता घटनाहरुले प्रेस स्वतन्त्रता संकटमा रहको भन्दै अन्तराष्ट्रिय निकायहरुले पनि चिन्ता प्रकट गर्दै आएका छन् । स्रोतः सिफि
क्याटेगोरी : विदेश, समाचार
ट्याग : #इमरान खान, #पीपीपी अध्यक्ष बिलावल, #प्रेस स्वतन्त्रतामाथि अंकुस लगाए
ताजा खबर
- १३१ वर्षदेखि थन्किएको सरकारी जग्गासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
- २सरकारलाई ट्रेड युनियन हटाउने बाटो खुल्यो, अन्तरिम आदेशले पाएन निरन्तरता
- ३आकु ब्रान्डको पानी, उपभोक्ताको स्वास्थ्यमा मनोमानी, भेटियो खतरनाक अखाद्य वस्तु
- ४जेनजी आन्दोलनका ४५ बलिदानीको कथा समेटिएको ‘अधुरा सपना’ पुस्तक विमोचन
- ५संसद अवरोध हटाउन सभामुखलाई सकस, प्रधानमन्त्रीको जवाफ माग्दै प्रतिपक्षको निरन्तर बिरोध



तपाईको कमेन्ट लेख्नुहोस्